१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पेस्तोल देखाएर ४ लाख लुट्ने पक्राउ

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वीनवलपरासीको सर्दीमा रहेको नवप्रतिभा बचत तथा सहकारी संस्थाका कर्मचारीबाट हतियार देखाएर ४ लाख नगद लुट्ने एक युवक ९ दिनपछि पक्राउ परेका छन् । रकम लुटेको ९ दिनपछि सर्दीवाट वीरे भनिने गम्बहादुर सारु मगरलाई पक्राउ गरेर मुद्दा चलाएको प्रहरीले जनाएको छ । उनी विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ निवासी हुन् ।

पेस्तोल देखाएर ४ लाख लुट्ने पक्राउ

लुटेराको बारेमा गाउँलेले दिएको हुलियाका आधारमा सर्दीबाट प्रहरीले पक्राउ गरेको हो । गत फागुन २५ गते सहकारी सदस्यबाट संकलन गरेको संकलित नगद ४ लाख ४ हजार लिएर फर्किंदै गरेका कर्मचारीबाट बीच जंगलमा लुटेर फरार भएका थिए । पक्राउ पर्ने सारुका परिवार सहकारीको सदस्य रहेका छन् । कुन दिन कति पैसा जम्मा हुन्छ भन्ने परिवारका सदस्यबाटै जानकारी पाएका सारुले मुखमा मास्क लगाएर जंगलको बाटोमा कर्मचारीबाट नगद लुटेर फरार रहेका थिए ।


सहकारीका कार्यकारी निर्देशक रामप्रसाद काफ्लेका अनुसार खकरा जंगलमा मुखमा मास्क लगाएर लुकेर बसेको ३ जनाको एक समूहले पेस्तोल देखाएर ती कर्मचारीबाट नगद लुटेको हो । लुटपाटमा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले बताएको छ ।

महेन्द्रराजमार्गको अरुणखोला बजारमा मुख्य कार्यालय रहेको नवप्रतिभा सहकारीले सर्दीमा पनि शाखा कार्यालय खोलेर कारोबार गर्दै आएको छ ।

प्रकाशित : चैत्र ८, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?