१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

सरकार र प्रतिपक्षीबीच वार्ता नमिल्दा छैठौं दिन पनि संसद् अवरुद्ध

प्रतिक्षा काफले

गण्डकी — सत्तापक्ष नेकपा र प्रमुख प्रतिपक्षी दल कांग्रेसबीचको वार्ता निष्कर्षविहीन हुँदा प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । दुई दलबीच बुधबार र बिहीबार वार्ता भए पनि सहमति हुन नसकेको हो । अर्को सूचना जारी नहुने बेलासम्मका लागि बैठक स्थगन गरिएको छ । कांग्रेसले विभिन्न माग राख्दै ६ दिनयता संसद् अवरुद्ध गर्दै आएको छ ।

सरकार र प्रतिपक्षीबीच वार्ता नमिल्दा छैठौं दिन पनि संसद् अवरुद्ध

कांग्रेसका उपनेता मेखलाल श्रेष्ठले १४ वटा मागमध्ये १३ वटा सम्बोधन भएको बताए । ‘आगामी बर्षको बजेट कांग्रेस लगायत सबै दलका सांसदलाई बराबर रुपमा लैजानुपर्ने भन्ने माग राखेका थियौ । तर, मुख्यमन्त्रीले सहमति जनाउनुभएन,’ उनले भने । प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कार्यसूचीबाट हटाउने र दफावार छलफलकै लागि विधायन समितिमा लैजान भने सहमति जुटेको छ । विधायन समितिको छलफलमा सहमति नभए बहुमतले अघि बढाउन पनि कांग्रेसले सहमति जनाएको छ ।


निर्वाचन पूर्वाधार विकास क्षेत्र कार्यक्रमको विवाद पनि मुख्यमन्त्रीले समाधान गरिदिएको कांग्रेसको भनाइ छ । वार्तामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्ष दल कांग्रेसका प्रमुख सचेतक, प्रमुख प्रतिपक्ष दलका नेता, उपनेता र विवादित निर्वाचन क्षेत्रका प्रत्यक्ष र समानुपातिक सांसद सहभागी थिए ।

प्रकाशित : चैत्र ६, २०७६ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?