२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

श्रेस्तेदार ३० हजार घूससहित पक्राउ

लालप्रसाद शर्मा

पोखरा — जिल्ला अदालत कास्कीका श्रेस्तेदार लोकनाथ पराजुली ३० हजार घूस रकमसहित हिजो राति पक्राउ परेका छन् ।

श्रेस्तेदार ३० हजार घूससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराको टोलीले उनलाई पक्राउ गरेको हो । पोखरा ५, प्रर्स्याङको एक मदिरा पसलमा मुद्दाको पक्षसंग घूस रकम लिंदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

संगठित अपराध सम्बन्धी मुद्दामा पक्राउ परेका व्यक्तिको गाडी छुटाइदिने भन्दै उनले रकम मागेको स्रोतले जनाएको छ । पराजुली केही दिन अघिमात्रै सर्बोच्च अदालतमा सरुवा भएका थिए ।


प्रकाशित : चैत्र ६, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?