१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

स्याङ्जामा प्याराग्लाइडिङ दुर्घटना, फ्रान्सेली नागरिक घाइते 

प्रतीक्षा काफ्ले

(स्याङ्जा) — स्याङ्जाको भीरकोट नगरपालिका–५ स्वरेक मैदानबाट आफैं प्यारासुट उडाएका फ्रान्सेली नागरिक ३५ वर्षीया साइमन हेन्री बोरेली घाइते भएका छन् ।

वालिङ नगरपालिका–११ डौवाफाँटमा ल्याण्ड गर्ने क्रममा दुर्घटना हुँदा घाइते भएको जिल्ला प्रहरीका निमित्त प्रमुख डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए । घाइतेलाई उद्धार गरी फिस्टेल एयरको हेलिकप्टरद्वारा उपचारको लागि काठमाडौं पठाइएको डीएसपी भण्डारीले बताए ।


उनका अनुसार घाइतेको अवस्था सामान्य छ ।


प्रकाशित : फाल्गुन १६, २०७६ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?