कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

दुर्घटनामा घाइते मोटरसाइकल चालकको मृत्यु, एकको अवस्था चिन्ताजनक

नारायण शर्मा

नवलपरासी — पूर्वीनवलपरासीको दलदलेमा मोटरसाइकल र ट्रयाक्टर ठोक्किँदा सख्त घाइते भएका २ युवकमध्ये एकको मृत्यु भएको छ । 

दुर्घटनामा घाइते मोटरसाइकल चालकको मृत्यु, एकको अवस्था चिन्ताजनक

अस्पताल लैजाँदै गर्दा मोटरसाइकल चालक दिनेश गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका गैंडाकोट नगरपालिका १५ का १९ वर्षीय प्रितम गुरुङको अवस्था चिन्ताजनक रहेको प्रहरी चौकी दलदलेले जनाएको छ । प्रितमको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । लु ३ प ४८३३ नम्बरको ट्रयाक्टर र ना ५५ प ३१६४ नम्बरको मोटरसाइकल बिहीबार राति जुध्दा मोटरसाइकलमा रहेकाहरु घाइते भएका हुन् ।


स्थानीय रामकुमार श्रेष्ठले तीव्र गतिमा रहेको ट्याक्टर र मोटरसाइकल ठोक्किएको बताए ।







प्रकाशित : फाल्गुन १६, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?