कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

लघुवित्तको ६२ लाख हिनामिना, ८ लाख १० हजार फिर्ता

आश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा रहेको एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड) शाखा प्रमुखले ६२ लाख रुपैयाा बढी आर्थिक हिनामिना गरेको पाइएको छ ।

संस्थाको आन्तरिक लेखा परीक्षण र छानबिनका लागि गठित समितिले चामे शाखा कार्यालय प्रमुख कल्पना गुरुङले करिब ६२ लाख १० हजार रुपैयाँ हिनामिना गरेको निष्कर्ष निकालेको छ । मनाङकै नासों गाउापालिका ४, धारापानी घर भएका उनी अहिले मनाङ प्रहरीको हिरासतमा छन् । प्रहरीले फागुन ४ गते पक्राउ गरी ५ गते ७ दिनका लागि म्याथ थप गरेर अनुसन्धान अघि बढाएको थियो । म्याद आइतबार सकिएको र पुनः ७ दिनका म्याद थपेर थप अनुसन्धान गरिएको मनाङका प्रहरी प्रमुख डीएसपी मेखबहादुर कुावले बताए ।


चामेमा ५ वर्षअघि स्थापना भएको लघुवित्तमा गुरुङ साढे २ वर्षदेखि कार्यरत थिए । कास्कीको हेम्जा केन्द्रीय कार्यालय रहेको उक्त लघुवित्तले गुरुङलाई सहायक पदमा नियुक्त गरेको हो । उनले गत वर्षको चैत महिनादेखि र गत असार, साउन, भदौ र असोजमा बढी मात्रामा आर्थिक हिनामिना गरेको देखिएपछि केन्द्रीय कार्यालयले अनुसन्धान थालेको थियो ।


लघुवित्तका नायब महाप्रबन्धक रामप्रसाद मिश्रको संयोजकत्वमा लघुवित्तका आन्तरिक लेखापरीक्षक अनुप भारी र गण्डकी प्रदेशका अनुगमन अधिकृत प्रकाश रावलसहितको ३ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।


छानबिन समितिले निकालेको निष्कर्षका आधारमा लघुबित्तका कानुनी सल्लाहकार गोविन्द बाँस्तोलाले जिल्ला प्रहरी कार्यालय मनाङमा गुरुङविद्धरु बैंकिङ कसुरमा हदैसम्मको कारबाही गरिपाउँ भनी उजुरी दिएका थिए । गुरुङले ८ लाख १० हजार नगद आफै लिएको र ४३ जनाको किर्ते तमसुक बनाई करिब ५४ लाख रुपैयाँ हिनामिना गरेको आन्तरिक छानबिनमा देखिएको लघुवित्तका प्रवक्ता समेत रहेका नायब महाप्रवन्धक मिश्रले बताए ।


उनका अनुसार छानबिन गरेपछि आफूले निकालेको कर्जा ८ लाख १० हजार रुपैयाँ गुरुङले फिर्ता गरेका छन् । किर्ते गरेर निकालेको रकम भने उनले देखाउन सकेका छैनन् । प्रहरीले अनुसन्धान सकेपछि बैंकिङ कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।


बैंकिङ कसुर उच्च अदालत पोखराले हेर्छ । उच्च अदालतसँगको समन्वयमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । डीएसपी कुँवरका अनुसार बैंकिङ कसुरसम्बन्धी वाणिज्य इजलास हुनुपर्ने र उक्त इजलास जिल्ला अदालतमा नहुने भएकाले उच्च अदालत कास्कीले मुद्दा हेर्नेछ ।

प्रकाशित : फाल्गुन १५, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?