कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सहारालाई वार्षिक ५ लाख दिने मन्त्रीको घोषणा 

कान्तिपुर संवाददाता

पोखरा — युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) ले यहाँको सहारा क्लबद्वारा सञ्चालित सहारा एकेडेमीको लागि वार्षिक ५ लाख रुपैयाँ उपलब्ध गराउने बताएका छन् । यसका लागि रातो किताबमै योजना पार्ने उनको भनाइ छ । 

सहारालाई वार्षिक ५ लाख दिने मन्त्रीको घोषणा 

एकेडेमीको मंगलबार अवलोकन गर्दै सुनारले राज्यले गर्नुपर्ने काम निजी क्षेत्रबाट भएको भन्दै क्लबको प्रशंसा गरे । क्लबले स्वदेशी तथा विदेशी दाताको सहयोगमा फुटबल एकेडेमीसहित आहा रारा गोल्डकप सञ्चालन गर्दै आएको छ । मन्त्री सुनारले पोखरा रंगशालाको समेत अवलोकन गरेका थिए ।

प्रकाशित : फाल्गुन १४, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?