आफैले ढालेको रुखले च्याप्दा मृत्यु

कान्तिपुर संवाददाता

बागलुङ — आफैले ढालेको रुखले च्याप्दा यहाँका एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–७ तितौरेका ४६ वर्षीय रत्नबहादुर कार्कीलाई मंगलबार दिउँसो आफैले ढालेको रुखले किचेको थियो । 

गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पतालमा ल्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक हेमबहादुर केसीले जानकारी दिए । सँगै रुख ढाल्न गएका ४२ वर्षीय पदम कार्की घाइते भएका छन् । उनको हात र खुट्टामा चोट लागेकोले उपचार भइरहेको छ । उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बतायो ।


प्रकाशित : फाल्गुन १३, २०७६ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?