१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

हुप्सेकोट गाउँपालिकाको ताला खुल्यो 

नारायण शर्मा

नवलपरासी — एकसाता अघि स्थानीय बासिन्दाले हुप्सेकोट गाउँपालिकामा लगाएको ताला खुलेको छ । एक महिनाअघि हुप्सेकोट गाउँपालिकाको गाडी सिक्दा बच्चा किचेर फरार अधिकृत शिव सुवेदी फरार रहेपछि उनलाई कारबाहीको माग गर्दै स्थानीयले गाउँपालिका अध्यक्षको कोठामा तालाबन्दी गरेर काम ठप्प पारेका थिए । 

गत माघ ७ गते गाउपालिकाको सरकारी गाडि सिक्दा पालिका नजिकैको एक घरमा बसेका ४ जनालाई ठक्कर दिदा ७ वर्षीय दिपु गाहमगरको मृत्यु भएको थियो । ठक्कर दिएपछि फरार रहेका हुप्सेकोट गाउँपालिकाका अधिकृत शिव सुवेदी शुक्रबार भरतपुरबाट पक्राउ परेको पूर्वी नवलपरासीका प्रहरी प्रमुख दीपक रेग्मीले जानकारी दिए । उनलाई आइतबार अदालतवाट म्याद थप गरेरअनुसन्धान अघि बढाइएको रेग्मीले जानकारी दिए ।

कर्मचारी सरुवा विवादले हुप्सेकोट गाउँपालिकामा तालाबन्दी

दुर्घटनाको एक महिना ४ दिनपछि उनी पक्राउ परेका हुन् । घाइतेहरु उपचारपछि घर फर्किएका छन् । सबै घाइतेको उपचार खर्च सुवेदीका घर परिवारले तिरेको प्रहरीको भनाई छ ।

कार्यलय गत माघ ७ गते कार्यलय समय सकिएपछि गाउँपालिकाको ग १ ज ३८९ नम्बरको जिप सिक्ने क्रममा उनले घरको आँगनमा गफ गरेर बसेका ४ जनालाई ठक्कर दिएपछि फरार भएका थिए । त्यतिखेर ७ वर्षका नाबालक दिपु गाहमगरको मृत्यु भएको थियो ।


प्रकाशित : फाल्गुन १२, २०७६ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?