१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने ६ जना पक्राउ 

प्रतीक्षा काफ्ले

पोखरा — सत्तारुढ दल नेकपाको गण्डकी प्रदेशस्तरीय गोष्ठीलाई सम्बोधन गर्न पोखरा आएका प्रधानमन्त्री एवं नेकपा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ । पोखरा एयरपोर्टमा युवाहरुको समूहले कालो झण्डा देखाएको हो । कालो झण्डा देखाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिमिल्सेना, प्रवेश भट्टराई, निर्दोषविक्रम पौडेल र असिम सुवेदी रहेका छन् । निर्देष र असिम नेपाल विद्यार्थी संघका विद्यार्थी नेता हुन भने अन्य समाजवादी पार्टी अन्तर्गत विद्यार्थी संगठनका रहेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । एसपी कार्कीका अनुसार पक्राउ परेका उनीहरुलाई थुनामा राखिएको छ ।


प्रकाशित : फाल्गुन १२, २०७६ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?