पोखरामा क्यान इन्फोटेक मेला

कान्तिपुर संवाददाता

पोखरा — गण्डकी प्रदेशस्तरीय क्यान इन्फोटेक–२०२० मेला पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आइतबार सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीले आयोजना गरेको मेला फागुन १५ सम्म चल्नेछ ।

पोखरामा क्यान इन्फोटेक मेला

सूचना तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने उद्देश्यले मेला आयोजना गरिएको क्यान कास्कीका अध्यक्ष रुक्मागत भण्डारीले बताए । मेला एघारौं संस्करण हो । ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वर्ल्डलिंक’ नाम दिइएको मेलाको प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरे । कम्प्युटर तथा सूचना प्रविधिसम्बन्धी अत्याधुनिक एवं नवीनतम प्रविधिबारे जानकारी दिंदै ग्रामीण क्षेत्रसम्म पहुँच पुर्‍याउने लक्ष्य मेलाको छ ।


बृहत सूचना प्रविधि प्रदर्शनी, आईसीटी कन्फेरेन्स, प्रदेश तथा जिल्ला स्तरका टाइपिङ प्रतियोगिता, आईसीटी वक्तृत्व प्रतियोगिता, विद्यालयस्तरीय जिल्ला तथा प्रदेश स्तरीय आईटी क्विज कन्टेस्ट पनि मेलामा आयोजना गरिएको छ ।


कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, आईसीटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादन, रोबोट प्रदर्शनी एवं प्रतियोगिता तथा आईसीटीसँग सम्बन्धित अन्य नवीनतम गतिविधिहरू प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आईसीटी उपकरण प्रदर्शनी एवं नवीनतम प्रविधिका मोबाइलहरूको प्रदर्शनी एवं बिक्री वितरण पनि मेलामा हुनेछ । इन्फोटेकमा आईसीटीसँग सम्बन्धित सय स्टल छन् ।

प्रकाशित : फाल्गुन १२, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?