३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

हुप्सेकोट गाउँपालिकाका फरार अधिकृत पक्राउ

नारायण शर्मा

नवलपरासी — एक महिनाअघि हुप्सेकोट गाउँपालिकाको गाडी सिक्दाले बच्चालाई ठक्कर दिएर फरार अधिकृत शिव सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ ।

गत माघ ७ गते गाउँपालिकाको सरकारी गाडी सिक्दा पालिका नजिकैको एक घरमा बसेका ४ जनालाई ठक्कर दिँदा ७ वर्षीय दिपु गाहा मगरको मृत्यु भएको थियो । ठक्कर दिएपछि फरार रहेका अधिकृत शिव सुवेदीलाई शुक्रबार भरतपुरबाट पक्राउ गरेको पूर्वी नवलपरासीका प्रहरी प्रमुख दीपक रेग्मीले जानकारी दिए । उनका अनुसार सुवेदीलाई आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।


अधिकृत सुवेदी देश छोडेर नभागुन् भनेर विमानस्थल र सबै सीमा क्षेत्रमा पक्राउ गर्न सर्कुलर गरिएको थियो ।


माघ ७ गते कार्यालय समय सकिएपछि गाउँपालिकाको ग १ ज ३८९ नम्बरको जिप सिक्ने क्रममा उनले आँगनमा बसेका ४ जनालाई ठक्कर दिएर भागेका थिए ।

प्रकाशित : फाल्गुन ११, २०७६ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?