बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

कान्तिपुर संवाददाता

तनहुँ — पृथ्वीराजमार्ग अन्तरगत व्यास नगरपालिका–१२ स्थित कमलबारीमा शनिबार बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा व्यास–१२ देउराली थानीगैराकी करिब ४५ वर्षीया विष्णुमाया थापा घर्ती रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी लिलाराज लामिछानेले बताए ।


दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग १ ख ९६१८ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन १०, २०७६ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?