कार दुर्घटनामा महिलाको मृत्यु 

कान्तिपुर संवाददाता

पोखरा — पोखरा महानगरपालिका छोरेपाटनस्थित कार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

शुक्रबार कालीमाटीेदेखी छोरेपाटनतर्फ आउँदै गरेको ग २ ख ७७६३ नम्बरको कार अनियन्त्रित भई पल्टिँदा महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


मृतकको पहिचान भने खुलेको छैन । कारमा ५ जना यात्रु सवार रहेको स्थानीयले जनाएको छन ।


प्रकाशित : फाल्गुन ९, २०७६ १८:५३

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भिडियोमा सेनाकाे कवाज काैशल

दिपेन्द्र रोक्का

काठमाडौँ — महाशिवरात्रि एवं सेना दिवसको अवसरमा शुक्रबार नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी सेना दिवस मनाएको छ । वि.स. २०४७ सालबाट नेपाली सेनाले महाशिवरात्रीको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ । कार्यक्रममा नेपाली सेनाले विभिन्न प्रकारका सैनिक कौशल प्रदर्शनी गरेको थियो ।

कार्यक्रममा नेपाली सेनाले राइफल र तोपबाट महाशिवरात्रिको बढाईंसमेत गरेको छ। सेनाले यस अवसरमा आफ्नो कार्यकौशल प्रस्तुत गरेको थियो।
नेपाली सेनाको परमाधिपति हाल राष्ट्रपति विद्यादेवी भण्डारी हुन् भने सेनापति पूर्णचन्द्र थापा हुन्।

प्रकाशित : फाल्गुन ९, २०७६ १८:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×