कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

स्कुटर अनियन्त्रित हुँदा एकको मृत्यु 

कान्तिपुर संवाददाता

पोखरा — पोखरा महानगरपालिका–११ स्थित फुलबारीमा शुक्रबार भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । ग १६ प ५५२२ नम्बरको स्कुटर आफै अनियन्त्रित भइ दुर्घटना हुँदा स्कुटर चालक काइँला राई भनिने राजकुमार राईको मृत्यु भएको हो ।

भोजपुर जिल्ला वार्षिखोडा घर भइ हाल पोखरा–११ स्थित रानीपौवा बस्दै आएका अन्दाजी ३० वर्षीय राईको गण्डकी अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले बताएको छ ।


प्रकाशित : फाल्गुन ९, २०७६ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?