कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

५०० रोपनीमा सामूहिक आलु खेती

कान्तिपुर संवाददाता

स्याङ्जा — गल्याङ–११, जिमूहाका किसानले सामूहिक आलु खेती गरेका छन् । आँधीखोला पानी उपभोक्ता समूह (आक्वा) र जिमुहा कृषिउपज कृषक सहकारी संस्थामा आबद्ध ५२ कृषकले करिब पाँच सय रोपनी जग्गामा सामूहिक आलु खेती गरेको सहकारीका अध्यक्ष रुमलाल कँडेलले बताए । आलु खेती गर्नेमा जिमुहा, कर्मचौर, कामलाङ, दिमिक, लल्याङ, बल्पुकलगायतका क्षेत्रका किसान छन् ।

जिमुहामा निर्माण भएको शीत भण्डारमा रहेको एक सय ३० टन र र राष्ट्रिय आलुबाली अनुसन्धान केन्द्र, खुमलटार, ललितपुरबाट प्राप्त २० टन गरी एक सय ५० टन आलुको बीउ सामूहिकरुपमा लगाइएको उनको भनाइ छ ।


‘सामूहिक रुपमा व्यवसाय गर्दा सहज हुने गरेको अनुभव समूहमा आबद्ध किसानहरूको छ,’ उनले भने, ‘सहकारीमार्फत नै सामूहिक आलु लगाइएको र उत्पादित आलुको बजारीकरण पनि सहकारीमार्फत नै गर्ने व्यवस्था मिलाइएको छ ।’


स्थानीय कृषकले निर्वाहमुखी कृषिका माध्यमबाट उत्पादन गर्दै आएको आलु खेतीलाई थप व्यवस्थित बनाउँदै व्यावसायिकरुपमा अघि बढाउन संस्थामार्फत पहलकदमी थालेको उनको भनाइ छ । यहाँ विशेषगरी जनकदेव, खुमल रातो, खुमल, उज्जल, एमएस–४२ लगायत आलुका जात रोप्ने गरिएको अगुवा कृषक चन्द्रकान्त डुम्रेले बताए । उनका अनुसार यहाँका किसानले व्यक्तिगतरुपमा पनि ठूलो परिमाणमा आलु खेती गरेका छन् ।


आलुका लागि जिल्लाकै पकेट क्षेत्र मानिने जिमुवामा उत्पादन भएको आलु तथा आलुको बीउ स्याङ्जासहित भैरहवा, बुटवल, पोखरा, पाल्पा, तनहुँसम्म बिक्री हुने गरेको अर्की अगुवा कृषक गीता कँडेलले बताइन् । ‘बीउका लागि उत्पादन भएको आलु पछिसम्म जोगाइ राख्नका लागि भैरहवास्थित शित भण्डारमा राख्ने गरेका थियौं,’ उनले भनिन्, ‘गत वर्ष जिमुहामै शित भण्डार निर्माण भएपछि सहज भएको छ ।’

प्रकाशित : फाल्गुन ८, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?