पर्वतारोहीको नाममा पदमार्ग

घनश्याम खड्का

म्याग्दी — अन्नपूर्ण हिमश्रृंखलामा प्रख्यात राउन्ड अन्नपूर्णजस्ता अति नै चलन चल्तीका पदमार्ग मात्र हैन लुकेका तर ऐतिहासिक पदमार्गको पहिचान गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने लुकेको यस पदमार्गलाई अन्नपूर्ण हिमालका पहिलो आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोगको नाममा नामाकरण गरिएको छ ।

फ्रान्सेली पर्वतारोही मौरिस हार्गोजको टोलीले नर्थ बेस क्याम्प हुँदै ७० वर्ष ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए । उनै पर्वतारोही मौरिसले हिँडेको बाटोलाई सुधार तथा मर्मतपछि छोटो र सजिलो बनाई अन्नपूर्ण गाउँपालिकाले पदमार्ग पहिचान, सुधार र प्रर्वद्धन गरी प्रचलनमा ल्याएको हो । अन्नपूर्ण आरोहणको तीनवर्षपछि मात्र सगरमाथा आरोहण भएकोले पर्वतारोहणको हिसाबले अन्नपूर्णलाई जेठो हिमाल भन्ने गरिन्छ । अन्नपूर्ण गाउँपालिका–४ मा अन्नपूर्ण हिमश्रृंखलाका अन्नपूर्ण प्रथमसहित निलगिरी साउथ र बराह शिखर हिमाल अवस्थित छन् ।

‘भ्रमण वर्ष २०२० को अवसरमा गाउँपालिकाको अगुवाईमा त्यो बेला हिमाल चढ्न जाँदा प्रयोग गरेको बाटोलाई मौरिस हर्गोज नामाकरण गरी नयाँ पदमार्ग प्रचलनमा ल्याएका हौं,’ अन्नपूर्ण गाउँपालिका प्रमुख डमबहादुर गर्वुजाले भने, ‘हाम्रो अगुवाईमा पर्वतारोहीको नाममा नामाकरण भएपनि पदमार्ग बनाउन पर्यटन मन्त्रालय, एक्याप, ट्रेकिङ एजेन्सी, स्थानीय समुदाय र गाउँपालिका सबैको आर्थिक, भौतिक सहयोग छ ।’

अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्न मुस्ताङको घाँसा हुँदै जाने प्रचलित नर्थ बेस क्याम्पको कठिन, जोखिमपूर्ण र १४ दिन लामो पदमार्गको विकल्पमा सहज, सुविधायुक्त, ६ छोटो अझ हिमाल फेंदीसम्म गाडी चढेरै जाने हो भने ३ दिनमा अन्नपूर्ण नर्थ बेस क्याम्प सजिलै पुग्न सकिन्छ । अन्नपूर्ण नर्थ बेस क्याम्प निलगिरी साउथको पनि साझा वेस क्याम्प हो ।

पोखराबाट ७६ किलोमिटर गाडीमा बेनी र बेनी–जोमसोम सडकको २४ किलोमिटर कालीगण्डकी नदी पछ्याउँदै उत्तर लागेपछि पुगिन्छ, नारच्याङ बेंसी (१३३० मी) । नारच्याङ अन्नपूर्ण नर्थ बेस क्याम्प पुग्ने मौरिस हर्जोग पदमार्गको पहिलो र अन्तिम वस्ती हो । अन्नपूर्ण नर्थ बेस क्याम्प पुग्न नारच्याङबाट दुईवटा विकल्प छन्, पैदल वा गाडी ।

कच्ची सडकमा निलगिरी खोला जलविद्युत आयोजनाको मुहान रहेको छोटेपासम्म गाडीमा गई त्यहाँबाट निलगिरी र अन्नपूर्ण हिमालबाट झर्ने हुमखोला दोभान (२८८३ मी) माबास बस्न पुगिन्छ । हुमखोलाबाट दोस्रो दिन भुस्केटमेला (३६५९मी) तेस्रो दिन अन्नपूर्ण र निलगिरीको संयुक्त वेस क्याम्प पुग्न सकिन्छ । चौंथो दिन अन्नपूर्ण नर्थको हाई क्याम्प पुग्न सकिन्छ ।

पैदलयात्रा गर्ने हो भने, नारच्याङबेंसीबाट पहिलो दिन लेक गाउँ हुँदै कालोखोला, दोस्रो दिन छोटेपा, तेस्रो दिन हुमखोला, चौंथो दिन साँधीखर्क, पाँचौं दिन भुस्केटमेला र छैठौं दिन अन्नपूर्ण र निलगिरीको संयुक्त बेस क्याम्प र सातौं दिन अन्नपूर्ण नर्थको हाई क्याम्प पुग्न सकिन्छ ।


अन्नपूर्ण चक्रिय पदमार्गको विकल्पमा सञ्चालनमा ल्याइएको नारच्याङ–घाँसा–जोमसोम–मुक्तिनाथ वैकल्पिक पदमार्ग, तातोपानी–खोप्रा–महरे–नागी सामुदायिक पदमार्ग र अन्नपूर्ण नर्थ बेस क्याम्प पदमार्गको प्रस्थानबिन्दु नारच्याङ हो ।

‘गाउँमा पर्यटक आउन थालेपछि स्थानियले टि हाउस, रेष्टुरेन्ट र होटल/लज खोल्न थालेका छन् । विभिन्न निकायको आर्थिक सहयोगमा स्थानीयले श्रमदान गरी पदमार्गमा आधारभूत पूर्वाधार निर्माण तथा व्यवस्थापन सुरु गरेका छौं,’ पर्यटन व्यवसायी तेजबहादुर गुरुङले भने, ‘विभिन्न चोक र गल्लीमापदमार्गका ठाउँ–ठाउँमा सूचना नक्सा राख्न थालेका छौं । लुकेको वस्तीका पदमार्ग पर्यटकका लागि ‘भर्जिन गन्तव्य’पनि हुन् ।’

यसैबीच आउँदो सिजनमा श्रेष्ठसमेतका महिला पर्वतारोही अन्नपूर्ण प्रथम हिमाल आरोहणमा जाने भएका छन् । अन्नपूर्ण हिमालमा पहिलो पटक नेपाली महिला पर्वतारोहीआरोहणमा जान लागेका हुन् ।

‘भ्रमण वर्ष २०२० मा पूर्णिमा श्रेष्ठसमेतका महिला पर्वतारोहीले हाम्रो गाउँको बाटो भएर हाम्रै भूगोलको अन्नपूर्ण प्रथम हिमाल चढ्न लाग्नु भएकोले गाउँपालिकाले संस्थागत र ब्यक्तिगत रुपमापनि सक्दो आर्थिक, भौतिक सहयोग गर्छौ ।’ गाउँपालिका अध्यक्ष गर्वुजाले भने, ‘विभिन्नपदमार्गकाहव अन्नपूर्ण गाउँपालिकाको पहिलो प्राथमिकता नै पर्यटन हो ।’

प्रकाशित : फाल्गुन ४, २०७६ १४:०५

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

उपराष्ट्रपतिलाई विश्‍वविद्यालयको कुलपति बनाउन सांसद पाण्डेको प्रस्ताव 

मदनसँग आश्रितको नाम जोड्न नेकपा सांसदहरूद्वारा अस्वीकार 
जयसिंह महरा

काठमाडौँ — सत्तारुढ नेकपाकी सांसद विन्दा पाण्डेले उपराष्ट्रपतिलाई विश्वविद्यालयको कुलपति बनाउनुपर्ने प्रस्ताव गरेकी छन् । संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा 'मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' माथिको छलफलका क्रममा उपराष्ट्रपतिलाई विश्वविद्यालयका कुलपति बनाउनुपर्छ भन्‍ने प्रस्ताव आएको हो ।

हाल सञ्‍चालनमा रहेका खुला विश्वविद्यालयबाहेकका कुलपति प्रधानमन्त्री हुन्। खुला विश्वविद्यालयको कुलपति भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहने व्यवस्था छ। विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने भएकाले कार्यव्यस्तताका कारण प्रभावकारी काम हुन नसकेको भन्‍ने प्रश्न उठ्ने गरेका छन्।

सांसद पाण्डेले प्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति बनाउनुपर्छ भन्ने विश्वव्यापी मान्यता हो कि हामीले मात्रै सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्रीलाई नै बनाउने गरेका छौं भनेर प्रश्न गरेकी थिइन्। उनले उपराष्ट्रपतिलाई विश्वविद्यालयको कुलपति बनाएर जिम्मेवारी दिँदा राम्रो हुने प्रस्ताव गरिन्। 'कुलपति उपराष्ट्रपतिलाई बनाउँदा के हुन्छ? हामीले उपराष्ट्रपति संस्था बनाएका छौं तर प्रभावकारी काम हुन सकेको छैन,' उनले भनिन्, 'प्रधानमन्त्रीलाई कुलपति बनाउँदा प्रभावकारी काम भएको छैन।' उनले विश्वविद्यालयहरूलाई राम्रोसँग सञ्‍चालन गर्नका लागि नयाँ व्यवस्था गर्नुपर्ने बताएकी हुन्।

उपराष्ट्रपतिलाई राष्ट्रपतिको अनुपस्थितिमा मात्रै काम गर्ने संवैधानिक व्यवस्था छ। यसअघि उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्षको जिम्मेवारी दिनुपर्ने बहस पनि भएका थिए।

नेकपाकै सांसद सरिता न्यौपानेले पनि विश्वविद्यालयको कुलपति र उपकुलपति प्रधानमन्त्री र मन्त्रीलाई नबनाएर बाहिरबाट विज्ञलाई राख्नुपर्ने प्रस्ताव गरेकी छन्। 'नयाँ किसिमले काम गर्नेगरी कानुन निर्माण गरौं। प्रधानमन्त्री र मन्त्रीलाई मात्रै कुलपति र उपकुलपति बनाउनुपर्छ भन्ने व्यवस्था हटाउनुपर्ने बेला आएको छ।'

मदन-आश्रित नाम राख्‍न नेकपा नेताहरूद्वारा अस्वीकार
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई 'मदन-आश्रित विज्ञान तथा प्रविधि विश्वविद्यालय' नाम राख्‍न नेकपाकै सांसद मेटमणि चौधरीले विधेयकमा संशोधन दर्ता गराएका थिए। दफावार छलफलका क्रममा उक्त प्रस्ताव खारेज गरिएको छ। समिति सभापतिको अनुपस्थितिमा बैठकको अध्यक्षता गरिरहेका खगराज अधिकारी र सांसद विरोध खतिवडाले मदनसँग आश्रितको नाम जोड्न उपयुक्त नभएको बताएका हुन्।

मदन भण्डारी तत्कालीन एमालेका महासचिव हुन्। उनीसँगै संगठन प्रमुख रहेका जीवराज आश्रितको २०५० जेठ ३ गते जीप दुर्घटनामा भएको थियो। सांसद खतिवडाले मदनसँग सधैं जीवराज आश्रितलाई जोड्न नहुने बताए। भावनात्मक कुरा भए पनि त्यसरी राख्‍न नसकिने उनको तर्क थियो।

प्रकाशित : फाल्गुन ४, २०७६ १३:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×