कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

४२९ थान लागु औषधसहित कारोबारी पक्राउ

सम्झना रसाइली

तनहुँ — जिल्लाको व्यास नगरपालिकास्थित दमौली बजारमा ४२९ थान लागुऔषधसहित लागुऔषध कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास–२ डांगे खोल्सीमा बस्ने ३२ वर्षीय सन्तोष भुसाल रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी लिलाराज लामिछानेले बताए ।

४२९ थान लागु औषधसहित कारोबारी पक्राउ

‘गोप्य सूचनाको आधारमा दमौली बजारमा ठूलो परिमाणमा लागुऔषध कारोबार हुने गरेको भन्ने थाहा पाएका थियौं’, उनले भने, ‘कारोबार गर्ने व्यक्तिहरुको खोजतलास गर्दै जाँदा सन्तोषको कोठामा राखेको स्पिकरभित्र पत्रिकाले बेरी प्याकेट बनाएको लागुऔषध लुकाएको भेटियो ।’


कारोबारीको कोठाबाट २ एमएलको तरल पदार्थसहित डाइजेपाम १४३, फेनेरागन १४३ र नुफिन १४३ गरी ४२९ थान लागुऔषध, २० हजार रुपैयाँ नगद बरामद गरिएको प्रहरीले बताएको छ । उनलाई पक्राउ गरी लागु औषध मुद्दामा थप अनुसन्धान भइरहेको कार्यालयले बताएको छ ।

प्रकाशित : फाल्गुन ४, २०७६ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?