कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कर्मचारी सरुवा विवादले हुप्सेकोट गाउँपालिकामा तालाबन्दी

नारायण शर्मा

नवलपरासी — पूर्वीनवलपरासीको हुप्सेकोट गाउँपालिकामा गत बिहीबारदेखि लागेको ताला अझै खुलेको छैन । त्यसले सेवा प्रभावित भएको छ । प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेको सरुवा गरिएपछि नयाँ आएका कार्यकारीलाई हाजिर गर्न नदिएको विषयमा विवाद बढ्दै जाँदा उपाध्यक्षको नेतृत्वमा नेकपा कार्यकर्ताले तालाबन्दी गरेका थिए ।

कर्मचारी सरुवा विवादले हुप्सेकोट गाउँपालिकामा तालाबन्दी

स्थानीयसमेत रहेका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेलाई राजनीतिक आडमा सरुवा गरेको गाउँपालिकाकी अध्यक्षले लक्ष्मी पाण्डेको आरोप छ । न्यौपाने गृह मन्त्रालयमा सरुवा भएका छन् ।


समान्यतया २ वर्ष काम गर्न पाउने नियम रहे पनि न्यौपानेको १० महिनामै सरुवा गराइएको छ । कार्यरत न्यौपानेलाई समय अगावै सरुवा गरी गाउँपालिकामा राजनीति गर्न खोजेको भन्दै अध्यक्ष पाण्डेले न्यौपानेलाई आइतबारसम्म रमाना पत्र दिएकी छैनन् ।


रुपन्देहीको तिनाउबाट आएका नयाँ प्रमुख प्रशासकिय अधिकृत ज्ञानुप्रसाद पनेरु हुप्सेकोट गाउँपालिकामा हाजिर हुन आउँदा पहिला नेकपा कार्यालयमा छिरेका भन्दै विवाद झिकिएको छ । 'प्रमुख प्रशासकीय अधिकृत पनेरु हाजिर हुन आउनुभन्दा अघि नेकपा कार्यालयमा छिरेर नेकपाका कार्यकर्तासहित गाउँपालिकामा आए । मैले हाजिर हुन दिइनँ’ गाउँपालिकाकी अध्यक्ष पाण्डले भनिन् ।


गृहमन्त्रालय सरुवा गराइएका न्यौपानेले आफूलाई बिनाकारण समयअगावै राजनैतिक आडमा सरुवा गरिएको भन्दै असहमति जनाएका छन् । 'कि पुरस्कृत गर्न पर्‍यो, नत्र सजाय गर्न पर्‍यो,' उनले भने, 'काम गर्दागर्दै राजनैतिक आडमा गरिएको सरुवाले तनाब भएको छ ।'


नयाँ प्रमुख प्रशासकीय अधिकृतले आफनो कार्यकक्षमा तोडफोड गरेको भन्दै गाउँपालिका अध्यक्ष पाण्डेले प्रमुख जिल्ला अधिकारीसमक्ष लिखित जानकारी दिएकी छन् ।


गाउँपालिका उपाध्यक्ष स्वतन्त्र कोपिला मल्लले नयाँ प्रशासकीय अधिकृतलाई नयाँ रजिस्टरको व्यवस्था गरेर आफ्नो कार्यकक्षमा हाजिर गराएकी छिन् । उपाध्यक्ष मल्लले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई गत बिहीबारदेखि आफनो च्याम्बरमा हाजिर गर्ने व्यवस्था गरेर काममा लगाएको जानकारी दिइन् । 'अध्यक्षले लगाउनु भएन मैले काममा लगाएँ' उनले भनिन्, 'कर्मचारीलाई काम गर्न नदिए सेवाग्राही मर्कामा पर्छन् ।'

गाउँपालिका अध्यक्ष पाण्डे कांग्रेसबाट र उपप्रमुख मल्ल नेकपाबाट विजयी भएका हुन् ।

प्रकाशित : फाल्गुन ४, २०७६ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?