१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चन्दा रसिदसहित चन्दका जिल्ला सेक्रेटरी पक्राउ

हरिराम उप्रेती

गोरखा — नेत्रविक्रम चन्द समूहका गोरखा सेक्रेटरी लोकबहादुर वली र जिल्ला सदस्य कृष्ण पन्त पक्राउ परेका छन् । 

चन्दा रसिदसहित चन्दका जिल्ला सेक्रेटरी पक्राउ

दाङ तुलसीपुर उप महानरगपालिका–५ का स्थायी घर भइ गोरखा कार्यक्षेत्र रहेका ४४ वर्षीय वली र गोरखाको गण्डकी गाउँपालिका–४ फुजेलका ४३ वर्षीय पन्तलाई गोरखा नगरपालिका–१३ मझुवा देउरालीबाट पक्राउ गरिएको डीएसपी वासुदेव खतिवडाले बताए । उनीहरुको साथबाट विप्लव समूहको राजनीतिक दस्तावेज, पार्टीको झन्डा, ३२ हजार संकलित चन्दा, चन्दा रसिद, तीन थान मोबाइल पनि बरामद भएको प्रहरीले बताएको छ ।


अनुसन्धान भइरहेको र उनीहरु माथि आइतबार मुद्दा दर्ता हुने प्रहरीले बतायो । ‘लामो समयदेखि निगरानीमा राखि खोजतलास गर्ने क्रममा लुकिछिपि हिँडेको अवस्थामा नियन्त्रणमा लियौँ,’ खतिवडाले भने ।

प्रकाशित : फाल्गुन ३, २०७६ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?