कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जन्ती बोकेको ट्रयाक्टर खस्दा तीनको मृत्यु

प्रकाश बराल

बागलुङ — तमानखोला गाउँपालिका वडा नं. ३ को बुलबुलेमा बिहीबार बेलुकी ७ बजे ग १ त ५७६२ नम्बरको जन्ती बोकेको ट्रयाक्टर सडकदेखि ५० मीटर तल खस्दा ३ जनाको मृत्यु भएको छ । त्यस्तै ९ जना घाइते भएका छन् ।

घटनामा म्याग्दीको मालिका गाउँपालिका २ की २१ वर्षीया रिता पुन, सोही स्थानका ५७ वर्षीया ओमप्रकाश पुन र ५२ वर्षीया मनकुमारी पुनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख नवराज भट्टले बताए ।


घटनामा सोही स्थानका मनप्रसाद पुन, रमेश घर्ती, गौमाया पुन र खगेन्द्र पुन गम्भीर घाइते भएका छन् । ५ जना सामान्य घाइते छन् । म्याग्दीको मालिकाबाट आउँदै गरेको ट्रयाक्टरले ३५ जना बोकेको थियो ।

ट्रयाक्टर पल्टिएको सूचना पाएपछि प्रहरी नायव निरीक्षक रणबहादुर बैदवारको नेतृत्वमा गएको टोलीले उद्दार गर्दा २३ जना सकुशल भेटाएको हो । घाइतेहरुको बुर्तिवाङ प्राथमिक स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।


प्रकाशित : माघ २३, २०७६ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?