कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सुख्खा पहिरोले करिडोर अवरुद्ध, दर्जनौं सवारी अलपत्र

प्रकाश बराल

(बागलुङ) — कालीगण्डकी करिडोरको बागलुङ खण्डमा सुख्खा पहिरोले यातायात अवरुद्ध भएको छ । बुधवार बिहान बागलुङ नगरपालिका १३ को गलुवामा सडक अवरुद्ध भएपछि दर्जनौं सवारी अलपत्र परेको जिल्ला प्रहरीका निरीक्षक दिपक रिजालले बताए ।

सडक अवरुद्ध हुँदा मालढुंगा कुश्मीसेरा खण्डमा पनि बुधबार सवारी गुड्न पाएका छैनन् । पाग्जामा सडक ढलानको काम भइरहेकोले दुवै खण्डमा सवारी साधन चल्न नसकेका हुन् ।


दुवै सडकमा सवारी चल्‍न नसकेपछि बागलुङको बलेवा क्षेत्र र जैमिनी नगरपालिका तथा बरेङ गाउँपालिका जाने यात्रीहरु अलपत्र परेका छन् । पहिरो पन्छाउन डोजर पठाइएको छ । यो सडकबाट दैनिक दुइसय साना ठूला सवारी चल्छन् ।

प्रकाशित : माघ २२, २०७६ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?