कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

डढेलोले महिलाको मृत्यु

आश गुरुङ

(लमजुङ) — क्व्होलासोंथर गाउँपालिका ९ टक्सारको च्ह्योंगे भीरमा लागेको डढेलोमा एक महिलाको मृत्यु भएको छ । टक्सार गाउँबाट २० मिनेट हिँडेर पुग्न सकिने भीरमा लागेको डढेलोमा ८ घाम्राङकी ३५ वर्षीया ज्योति परियारको मृत्यु भएको प्रहरीले बताएको छ । 

डढेलोले महिलाको मृत्यु

जिल्ला प्रहरी कार्यालय लमजुङका इन्स्पेक्टर बसन्तहादुर रानाका अनुसार घरबाट पोखरा जान हिँडेकी महिलालाई तलबाट सल्किँदै आएको ढडेलोले पोलेको थियो । उनको शरीर र कपडा पोलिएको अवस्थामा स्थानीय र प्रहरीले उद्धार गरी पोखराको गण्डकी मेडिकल कलेजमा लगिएको र उपचारको क्रममा शुक्रबार बेलुका पौने ८ बजे मृत्यु भएको उनले बताए ।


प्रहरीका अनुसार उक्त घटना शुक्रबार सवा २ बजेको हो । भीरमा आगो कसरी लाग्यो भन्‍ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । भीरमा लागेको आगो भने नियन्त्रण भएको छ ।

प्रकाशित : माघ १८, २०७६ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?