कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दम्पतीकाे कुटाकुटमा पतिको मृत्यु

प्रकाश बराल

बागलुङ — दम्पतीबीचकाे झगडाको क्रममा बागलुङका एक वृद्धको मृत्यु भएको छ । श्रीमती घाइते भएकी छिन् । तमानखोला गाउँपालिका वडा नं. १ बिसोक भन्ने स्थानमा कुटाकुट हुँदा ६४ वर्षका श्रीमान् रवीलाल विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरिक्षक सुरज खड्काले बताए । श्रीमती जमुना घाइते छिन् ।



घरायसी विवादमा दम्पतीबीच कुटाकुट भएको छिमेकीले बताए । पहिले श्रीमानले कुटे । त्यसपछि श्रीमतीले धकेल्दा श्रीमान् लडे । लडेपछि उनलाई टाउकोमा चोट लागेको थियो । उनी घटनास्थलबाट उठ्नै नसकेपछि मृत्यु भएको प्रहरीले बतायो । अन्य दिनमा पनि उनीहरुबीच झगडा भैरहने गरेको स्थानीयले बताए ।


शुक्रबार बिहान स्थानीयले प्रहरीमा खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । मृतकको शव पोष्टमार्टमका लागि बुर्तिवाङ ल्याएको छ । घाइते श्रीमतीलाई भने उपचारका लागि बागलुङ ल्याइएको छ ।


प्रकाशित : माघ १७, २०७६ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?