कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

चितुवाको आक्रमणबाट बालकको मृत्यु

सम्झना रसाइली

तनहुँ — जिल्लाको बन्दीपुर गाउँपालिका–४ लोही पाखामा सोमबार साँझ चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ । गाउँमा भएको भोज कार्यक्रममा सहभागी भई आमासँगै घर फर्कंदै गरेका १० वर्षीय इसक सुनारलाई बाटोमा अचानक चितुवाले आक्रमण गरेको थियो ।

चितुवाको आक्रमणबाट बालकको मृत्यु

आमा पविता सुनारसँगै अन्य ३–४ जना बालबालिकाहरु गाउँमा भएको छेवोरको भोज खाएर घरतर्फ फर्कने क्रममा बाटोमै चितुवाले आक्रमण गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।


अध्यक्ष थापाका अनुसार आमाको अगाडि अन्य बालबालिकासँगै हिडेका इसकलाई चितुवाले आक्रमण गरी करिब ५० मिटर तल खोल्सामा फालेको र उनको घटनास्थलमै मृत्यु भएको हो ।


पृथ्वीराजमार्गको विमलनगरस्थित नयाँपुलबाट करिब २ किलोमिटरमाथि भएको उक्त घटनास्थलमा डिभिजन वन कार्यालयको टोली पुगेर घटनाको अवस्था जाँचबुझ गरी चितुवा नियन्त्रणमा लिन आवश्यक तयारी गरिएको सहायक वन अधिकृत विजयचन्द्र देवकोटाले बताए ।


तनहुँको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँमा चितुवा नियन्त्रणका लागि राखिएको काठको खोर । गत पुस २० गते चितुवाको आक्रमणबाट एक यहाँका एक बालकको मृत्यु भएपछि डिभिजन वन कार्यालयले काठको खोर राखेको हो । तस्बिर : रासस

जिल्लाको भानु, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा चितुवा आतंक बढ्दै गएको छ । यस क्षेत्रमा करिब दुई वर्षको अवधिमा यो सहित ९ जना बालबालिकाले ज्यान गुमाएका छन् ।

प्रकाशित : माघ १३, २०७६ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?