२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

एलसेल टावरमा आगजनी 

नारायण शर्मा

कावासोती — अज्ञात समूहले पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको बभनौलीमा रहेको एनसेल टावरमा आगजनी गरेको छ । कावासोती नगरपालिका वडा नम्बर १७ मा रहेको टावरमा आइतबार राति १० बजे ४ जनाको समूहमा आएकाहरुले पेट्रोल छर्किएर आगो लगाइदिएको स्थानियको भनाइ छ ।

आगलागीबाट टावरको मेसिन, जेनेरेटर , जीएसएम एण्टेना मिटरबक्स जलेको छ ।जिल्ला प्रहरी कार्यालय कावासोतीको टोली र स्थानीयले आगो निभाएका थिए । मोटरसाइकलमा आएको समूह आगजनी गरेपछि पश्चिमतर्फ भागेको प्रत्यक्षदर्शीले जानकारी दिए ।


४ महिनायता पूर्वी नवलपरासीमा चन्द समूहको गतिविधि बढदो छ । चन्द समूहले नै आगजनी गरेको प्रहरीको दाबी छ ।

प्रकाशित : माघ १३, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?