३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पोखरा विमानस्थलबाट २९ राउन्ड गोलीसहित एक पक्राउ

दीपक परियार

पोखरा — पोखरा विमानस्थलमा जाँच गर्ने क्रममा २९ राउन्ड गोलीसहित एक पुरुष आइतबार पक्राउ परेका छन् । 

पोखरा विमानस्थलबाट २९ राउन्ड गोलीसहित एक पक्राउ

पोखरा महानगरपालिका–२७ रिठ्ठेपानीका ४० वर्षीय जितु शाहीको झोलामा २२ बोर राइफलमा प्रयोग हुने गोली भेटिएको हो ।


उनी यति एयरको उडानमार्फत् बिहान १०ः१५ बजे काठमाडौं उड्न लागेका थिए । विमानस्थलमा एक्सरे मेसिनले जाँच गर्ने क्रममा शाहीको झोलामा फलामजन्य वस्तु देखिएपछि प्रहरीले खानतलासी गर्दा गोली भेटिएको थियो ।


जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी राजकुमार केसीले शाहीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित : माघ १२, २०७६ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?