कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘भूमाफिया’विरुद्ध विद्यार्थीको प्रदर्शन

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको प्रतापपुर–६ मा विद्यालयको जग्गा भूमाफियाले कब्जा गरेको भन्दै विद्यार्थी विरोध प्रदर्शनमा उत्रिएका छन् ।
जनजागृति माध्यमिक विद्यालयले प्रयोग गर्दै आएको जग्गा स्थानीय गोविन्द यादवले कब्जा गर्न खोजेपछि विवाद उत्पन्न भएको हो ।

‘भूमाफिया’विरुद्ध विद्यार्थीको प्रदर्शन

विद्यालयले भोगचलन गर्दै आएको पर्ती जग्गा दर्ता गर्न खोज्दा स्थानीयले रोकेका थिए । पटकपटक कब्जा गरेर यादवले भवन निमार्ण गर्न खोजेपछि स्थानीयले हटाएका थिए । यादवले वडा कार्यालयमा जग्गा दर्ताको सिफारिसका लागि निवेदन दिँदा विवादित जग्गाको सिफारिस दिन नमिल्ने भन्दै वडा कार्यालयले फिर्ता पठाएको थियो । जग्गा दर्ता प्रक्रियामा अवरोध पुर्ययाएको भन्दै विद्यालयका प्रधानाध्यापक बाबुराम सुवेदीलाई गोविन्द यादव र उनकी छोरीले हातपात गरेपछि विद्यार्थी र शिक्षक विरोध प्रदशर्नमा उत्रिएको स्थानीय सञ्जय कुसवाहाले बताए ।


वडा नम्बर ६ का विभिन्न स्थानमा प्ले कार्डसहित विद्यार्थीले ‘भूमाफिया मुर्दाबाद’ को नारा लगाएका थिए । वडाध्यक्ष रामहरि उपाध्यायले पाँच कठ्ठा पर्ती जग्गा विद्यालयको भोगचलन भएको भन्दै अन्य व्यक्तिलाई आफूले सिफारिस नदिने बताए । ‘जहाँबाट दबाब आए पनि विद्यालयको जग्गा व्यक्तिको नाममा दर्ता हुन दिन्नँ,’ उनले भने । प्रधानाध्यापकमाथि हातपात गर्ने गोविन्द र उनकी छोीलाई तत्काल कारबाही गर्न स्थानीयले माग गरेका छन् ।

प्रकाशित : माघ ९, २०७६ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?