भारतीय ट्रकको ठक्करबाट २ घाइते

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको महेन्द्र राजमार्गअन्तर्गत कावासोती लोकाह खण्डको खरकट्टा जंगलमा भारतीय ट्रकको ठक्करबाट २ जना घाइते भएका छन् । 

ZenTravel

नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको भारतीय एचआर ३८ भि २७४४ नम्बरको गाडीले अनटेष्ट स्कुटरलाई ठक्कर दिँदा गैंडाकोटका टीकाराम सापोकाटा र खगराज सापकोटा घाइते भएका हुन् । उनीहरुको कावासोतीस्थित कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु खतरामुक्त छन् ।

Meroghar


जिल्ला प्रहरीले ठक्कर दिने गाडी नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित : माघ ९, २०७६ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

‘सम्भावना छ, पूर्वाधार छैन’

म्याग्दीका धेरै गाउँपालिकामा भौगोलिक कठिनाइले विद्युत्, सञ्चार, यातायात र बैंकको सुविधा पुग्न सकेको छैन, कर्मचारीको सधैं अभाव छ
घनश्याम खड्का

म्याग्दी — जिल्लाको पश्चिम क्षेत्रको धौलागिरी गाउँपालिका भौगोलिक हिसाबले दुर्गम हुँदा विकासमा पछाडि परेको छ । गाउँपालिकाका अधिकांश बस्ती अहिले बाक्लो हिउँले छोपिएको छ । ३ हजार ८ सय मिटर अग्लो देउराली पास काट्‍नै पर्ने बाध्यताले वडा १ रहेको गुर्जा गाउँ पैदलमार्गबाट विच्छेदै भएको छ ।

गाउँपालिकाको १ र २ वडाको धेरै भाग ढोरपाटन शिकार आरक्षमा पर्छ । जिल्लाको कुल भूभागको ४५ प्रतिशत अर्थात् १०३७ वर्गकिलोमिटर क्षेत्रफल ओगट्ने धौलागिरी गाउँपालिका अनगिन्ती दुःखले घेरिएको छ । ‘पर्यटन, जडीबुटी र जलविद्युत्‌मा प्रशस्त सम्भावना छ,’ गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन्, ‘कर्मचारी नै नआउने/नटिक्ने हुँदा गाउँ सरकारको प्रत्याभूति गराउनै हम्मे भएको छ ।’

विद्युत्, सञ्चार, यातायात, बैंकजस्ता आधारभूत सुविधाको न्यून पहुँच र अझ स्थायी सरकार भनिने कर्मचारीको सधैंको अभाव गाउँपालिकाका मुख्य चुनौती हुन् । आधारभूत पूर्वाधार उपलब्ध नहुँदा र खटाएका कर्मचारी कार्यस्थल नआउँदा विकास निर्माणका योजना कार्यान्वयनमा हैरानी छ ।

गाउँपालिका केन्द्रमा बैंक तथा प्रहरी पनि छैनन् । सञ्चारको राम्रो सुविधा छैन । स्थानीय सरकार गठन भएको साढे २ वर्षमा धौलागिरीमा बल्ल हालै इन्जिनियर र लेखापाल पुगेका छन् । ८ मध्य ६ वडाले बल्ल वडासचिव पाएका छन् ।

एक गाउँ, एक कृषि/पशु प्राविधिकको नारा कागजमा सीमित छ । अझै सबओभरसियर, कृषि र पशुका एक जना पनि प्राविधिक छैनन् । अधिकांश स्वास्थ्यचौकीमा अनमी र अहेबको पद रिक्त छ । ‘नारामा गाउँ–गाउँमा सिंहदरबार नारा आयो, तर व्यवहारमा आएन,’ धौलागिरी–१ गुर्जाका सेवाग्राही तीर्थबहादुर छन्त्यालले भने, ‘हरेक कामका लागि बेनी धाउनुपर्ने बाध्यता हटेको छैन ।’

धौलागिरी–१ गुर्जाका अध्यक्ष झकबहादुर छन्त्यालले कर्मचारी र पूर्वाधार अभावले काम गर्न नसकेको बताए । वडा ४ मुना र ५ ताकमबाहेक अन्यत्र मोटर बाटो पुगेको छैन । त्यही सडकमा पनि हिउँदमा मात्र सवारी चल्छन् । गाउँपालिकाको अधिकांश बस्ती लघुजलविद्युत् र सोलारको उज्यालोमा छन् । इन्टरनेट र टेलिफोन छैन । अधिकांश क्षेत्रमा मोबाइल फोनले पनि काम गर्दैन । ताकम र मुनामा आंशिक बाहेक अन्यत्र धान खेतीपनि हुँदैन ।

बैंकिङ कारोबार गर्न समस्या भएकोले सदरमुकाममा सम्पर्क कार्यालय राख्न बाध्य भएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द नेपालीले बताए । ‘राष्ट्र बैंकले प्रभु बैंकलाई तोकेको हो, तर आधारभूत सुविधा नभएकोले शाखा खोल्न मानेन,’ उनले भने, ‘त्यही भएर ४ घन्टा तल ताकममा बैंक बसेको छ ।’ गाउँपालिका केन्द्र विवादमा पनि फसेको छ । गाउँ कार्यपालिकाले केन्द्र विवाद टुंगो लगाए पनि असन्तुष्ट ताकमबासीले राजपत्रमा प्रकाशित मुनाको घट्टेखोला केन्द्र बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट हालेपछि कानुनी उल्झन थपिएको छ ।

‘गाउँमा काम गर्नुभन्दा कहिले कर्मचारी खोज्न काठमाडौंका मन्त्रालय पुग्नुपर्ने र मुद्दाको प्रतिवादी लगाउन र तारेख धाउनमै व्यस्त छु,’ अध्यक्ष पुनले भनिन्, ‘बैंकको सेवा लिन चार घन्टा तल ताकम ओर्लनु पर्छ । उपभोक्तालाई झन बढी सास्ती भएको छ । अन्य सेवा कार्यालय पनि छरिएकोले अर्को समस्या थपिएको छ ।’ गाउँपालिकाले वडा १ र २ मा जडीबुटी र भेडापालन, ३ मा पर्यटन, ४ मा भेडापालन र पर्यटन, ५ मा तरकारी, फलफूल र खाद्यान्न र ६ नं. वडामा मौरी तथा फलफूल खेतीको विशेष कार्यक्रम गर्ने गापाको योजना छ । धौलागिरीमा २० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन छ । १५० मेगावाट उत्पादनका लागि लाइसेन्स वितरण भएको छ। ५२ मेगावाट विद्युत् उत्पादनका लागि सर्भे भएको छ । तर दुर्गम भएकै कारण यी आयोजनामा धेरै काम हुन सकेको छैन ।

धौलागिरी पहिलो र टुक्चे पीकको फेदीमा अवस्थित रघुगंगा गाउँपालिका, निलगिरी, अन्नपूर्ण र बराहशिखरको फेदीको अन्नपूर्ण गाउँपालिकाको अवस्था पनि उस्तै छ । अर्को मालिका गाउँपालिका पनि भौगोलिक रुपमा विकट मात्र होइन, आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपमा पनि पिछडिएको छ । पातलो जनसंख्या भएका तर छरिएका यी बस्तीका बीचमा अग्ला पहाड, घनाजंगल र जंगली जनावरको आक्रमणको डरले एक्लै हिँड्न गाह्रो छ ।

‘दुर्गम भेगका माग पनि धेरै छैनन्, तर पुर्‍याउन उत्तिकै गाह्रो छ। ढुवानी लागतले साना बजेटका योजना आफै हराउने, कर्मचारी पुर्‍याउन र टिकाउनै गाह्रो हुँदा योजनाको अनुगमन फितलो हुने रहेछ,’ रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले भने, ‘कुइनेमा सामुदायिक स्वास्थ्यचौकी स्थापना गरी अहेब/अनमी पुग्दा पहिलोपल्ट स्वास्थ्यकर्मी देखेँ, आफ्नै आँगनमा औषधि देखेँ ।’

प्रकाशित : माघ ९, २०७६ १०:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×