मुख्यमन्त्रीले हान्नुपर्ने, मैले हानें : सांसद मनाङे

दीपक परियार

पोखरा — कास्की फुटबल संघका अध्यक्ष मीलन गुरुङलाई झापड हानेर चर्चामा आएका गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे)ले आफ्नो कार्यप्रति कुनै दुखेसो नभएको बताएका छन् ।

मुख्यमन्त्रीले हान्नुपर्ने, मैले हानें : सांसद मनाङे

गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबलको उद्घाटनअघि मंगलबार उनले गुरुङलाई पोखराको भण्डारढिक रंगशालामै झापड र लात्ती हानेका थिए । बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै उनले आयोजकले मुख्यमन्त्रीकै बेइज्जत गरेको बताए ।


उनले भने, ‘मुख्यमन्त्री कप भनेको छ, बद्नाम गरेको छ । झापड मैले होइन, अझैं मुख्यमन्त्रीले हान्नुपर्ने हो ।’


यो पनि पढ्नुहोस्ः

फुटबल संघका अध्यक्षलाई कुटे दीपक मनाङेले

प्रकाशित : माघ ८, २०७६ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?