‘सरकार संघीयताको पक्षमा छैन’

गण्डकी — कास्कीको निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित गण्डकी प्रदेशसभाका सदस्य विन्दुकुमार थापाले आफ्नो निर्वाचन क्षेत्रमा आर्थिक वर्ष २०७७/७७ मा एउटा पनि योजना नभएको बताएका छन् ।  

‘सरकार संघीयताको पक्षमा छैन’

बुधबार पत्रकार सम्मेलन गर्दै थापाले नेकपाको दुई तिहाई सरकारले आफू कांग्रेसबाट निर्वाचित भएकै कारण योजना नदिएको बताए । ‘गतवर्ष छनोट गरी निर्माण कार्य भइरहेका योजना पनि यो वर्ष मलाई दिइएन,’ उनले भने, ‘मेरो निर्वाचन क्षेत्रमा प्रदेश सरकारका एउटा पनि योजना छैनन् । गतवर्षका योजना निर्माण पुरा नहुदाँ अलपत्र छन् । बारम्बार भनिरहँदा पनि सरकारले वेवास्ता गर्‍यो ।’ उनले चालु आर्थिक वर्षमा २८ वटा योजना माग राखेका थिए ।


‘मेरो निर्वाचन क्षेत्र प्रदेश सरकारको विकासबाट विमुख भएको छ,’ उनले भने, ‘संघीय राज्य व्यवस्थाले घरदैलोमा सिंहदरबार आईपुग्ने अपेक्षा जनताले गरेका थिए । तर, सरकार संघीयताको पक्षमा छैन ।’


फरक विचार लिएर निर्वाचित भएका सांसदले राखेका जायज र असल एजेण्डा पनि सरकारले सुन्न नचाहेको उनको भनाई थियो । सरकार गलत बाटोबाट हिँडेको उनले बताए । उनले सोही कुरा पटक–पटक संसदमा पनि उठाईरहदा सरकारले सुनुवाई नगरेको बताए ।

प्रकाशित : माघ ८, २०७६ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?