कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

झेरीखण्डे दरबारको भग्नावशेष फेला

(नवलपुर) — भ्रमण वर्ष २०२० का लागि पूर्वी नवलपरासीमा नयाँ पर्यटकीय क्षेत्रको खोजी भइरहेको छ । चल्तीका पर्यटकीय गन्तव्यबाहेक पनि जिल्लाको दुर्गम क्षेत्रका ऐतिहासिक क्षेत्रको पहिचान र यसको संरक्षणका लागि जिल्ला समन्वय समितिको पहलमा नयाँ गन्तव्यको खोजी गरिएको हो । 

यसैक्रममा बुलिङटार गाउँपालिका–१ हात्तीगौडामा रहेको झेरीखण्डे दरबारको भग्नावशेष फेला परेको छ । हात्तीगौडा र काफलडाँडाका स्थानीय, जनप्रतिनिधिसहितको टोलीले दुर्गम क्षेत्रमा भग्नावशेष फेला पारेको हो ।


जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेको नेतृत्वको टोलीले पर्यटकीय क्षेत्रको खोजी गरेको हो । प्रदेश सरकारबाट जिल्लाका १० उत्कृष्ट पर्यटकीय गन्तव्य घोषणा भएपछि थप पर्यटकीय क्षेत्रको खोजी थालिएको हो ।


ऐतिहासिक, पुरातात्विक महत्वसँगै प्राकृतिक सुन्दरताले भरिपूर्ण झेरीखण्डे दरबारको बारेमा सीमित स्थानीयलाई पत्तो भए पनि जिल्लामा यसको औपचारिक सूचना भने थिएन । प्रचारप्रसारका कारण ओझेलमा परेको बताउँदै आलेले दरबारको इतिहासबारे थप खोजी र पुनर्निर्माण गर्ने जानकारी दिए ।


‘नवलपुर क्षेत्रमा यस्ता धेरै ऐतिहासिक स्थल छन् । पहाडको टुप्पामा भएकाले अधिकांशलाई पुराना दरबारबारे थाहा छैन,’ उनले भने, ‘युद्धमा शत्रुबाट बच्न राजाहरू पहाडको टुप्पोमा बस्ने इतिहास छ । जिल्लामा सेन र झेरीखण्डे राजाहरूको इतिहास छ ।’


प्राकृतिक तथा ऐतिहासिक सम्पत्तिको खोजीमा जिल्लास्थित पर्यटन विकास समिति लागिपरेको छ । हात्तीगौडासम्म पुगेको सडकलाई दरबारको फेदसम्म पुर्‍याउने र दरबार रहेको स्थान चुचुरोसम्म पुग्न सिमेन्टका सिढीहरू बनाउने योजना छ । जयसिङ्गे राजाले राज्य गरेको उक्त स्थानको संरक्षणसँगै पूर्वाधार विकास गर्नुपर्ने उनले बताए । दरवारको पुरातात्विक ढुगाहरू त्यसको वरिपारी ठूलो गुफा, ओढार भेटिएको छ । अव ती सवै स्थालहरूको संरक्षणसगै त्यसको विवरणहरू संकलन गर्ने कार्यलाई तिव्र पारिने जिल्ला समन्वय समितिले जनाएको छ ।


दरबारको इतिहास, गुफाको लम्बाइ, ओढारको विशेषतासँगै मुकुन्दसेन दरबार र झेरीखण्डे दरवारको सम्बन्धलगायत विषयमा विषयमा खोजी गर्ने बुलिङटार–१ का अध्यक्ष दिलबहादुर सूर्यवंशीले बताए । फागुन र चैतमा गुँरास फुल्ने उक्त स्थानबाट अन्नपूर्ण हिमाल र अन्य हिमशृंखला देख्न सकिन्छ ।

प्रकाशित : माघ ४, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?