२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

त्रिवेणीधाममा घुइँचो

नारायण शर्मा

नवलपरासी — माघे संक्रान्तिका अवसरमा यहाँको पवित्र तीर्थस्थल त्रिवेणीधाममा भक्तजनहरुको घुइँचो लागेको छ । सिमावर्ती क्षेत्रमा त्रिवेणी रहेका कारण नेपाल-भारतका हजारौं भक्तजन मंगलबार रातिदेखि नै यहाँ भेला भएका हुन् । 

त्रिवेणीधाममा घुइँचो

स्वर्णभद्रा , पुर्णभद्रा र नारायणी नदीको संगमस्थल त्रिवेणीमा माघे संक्रान्तिमा नुहाएर पूजा गर्नाले मोक्ष प्राप्ति हुने भक्तजनहरु विश्वास गर्छन् । त्रिवेणीधाममा पौराणीककालका तथ्य जोडिएका एक सयभन्दा बढी मठमन्दिर, पाटीपौवा सत्तल र स्थानघाट छन् ।


नारायणी नदीपारि रहेको वाल्मीकि आश्रममा पनि बुधबार बिहानैदेखि भक्तजनहरुको चाप उत्तिकै रहेको स्थानीय प्रेमचन्द्र रौनियारले जानकारी दिए । त्रिवेणीधामको उत्तरमा रहेको गजेन्द्रमोक्ष दिव्यधाममा हजारौं भक्तजनहरुले धुनी जगाएर रात बिताए । भारतीय सीमाबाट उत्तर २ किलोमिटर दूरीमा त्रिवेणीधाम रहेकाले भारतीय तीीर्थालुहरुको हरेक वर्ष भीड लाग्ने गर्छ ।


जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले मेला अवधिमा त्रिवेणीधाममा मदिराजन्य वस्तुको बिक्री वितरणमा रोक लगाएको छ । तिर्थालुहरु व्यवस्थित गराउन विनयी त्रिवेणी गाउँपालिका स्थानीय प्रशासन र मठमन्दिरहरुले स्वयंसेवक परिचालन गरेको गाउँपालिका अध्यक्ष डम्बर जिसीले जानकारी दिए ।


सोमबार सुरु भएको त्रिवेणीमेला बुधबार राति सकिन्छ । माघे संक्रान्तिभन्दा ३ दिन अगावैदेखि टाढाटाढाका भक्तजनहरु त्रिवेणीधाममा आएर स्नान गर्ने र पूजाआजा गर्ने चलन छ ।

प्रकाशित : माघ १, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?