कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

उपसभामुख छोड्नुस्, सभामुख बन्ने बाटो खुला छ : प्रवक्ता श्रेष्ठ

आश गुरुङ

लमजुङ — नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङ्फे सभामुखको सशक्त दाबेदार भएको बताएका छन् । सभामुखको प्रतिस्पर्धामा जान पहिले उपसभामुखको पदबाट राजिनामा दिन श्रेष्ठले उपसभामुख तुम्बाहङ्फेलाई आग्रह गरेका छन् ।

उपसभामुख छोड्नुस्, सभामुख बन्ने बाटो खुला छ : प्रवक्ता श्रेष्ठ

प्रेस संगठन लमजुङले मंगलबार मदनआश्रित स्मृति भवन बेंसीसहरमा आयोजित पत्रकार भेटघाटमा प्रवक्ता श्रेष्ठले भने, ‘सभामुख बन्न पनि पहिले उपसभामुखबाट राजिनामा दिनुपर्छ । संवैधानिक बाटो खुलाउनुपर्छ ।’ संविधानको मर्म अनुसार सभामुख बनाउन उपसभामुख रहेर सम्भव नरहेको उनले जिकिर गरे । ‘उपसभामुख हाम्रो पार्टीको रहुन्जेल सभामुख हाम्रो पार्टीको रहन सक्दैन । सभामुख हाम्रो पार्टीको पक्षमा राख्न उपसभामुखलाई राजिनामा दिन अनुरोध गरेका हौं ।’


सभामुखकका लागि प्रतिनिधि सभाका सबै सदस्यले दाबी गर्न पाउने उनले बताए । ‘उपसभामुख भइसकेको हिसाबले अहिलेको उपसभामुखले त्यसमा दाबी राख्ने हक राख्नुहुन्छ र त्यो स्वभाविक पनि हो’ उनले भने । उपसभामुखले राजिनामा नदिँदासम्म सभामुख आफ्नो पार्टीले पाउने सम्भावनाकै अन्त्य हुने उनले बताए ।


‘सभामुख उहाँ नै बन्ने हो भने पनि पार्टीले पाउनुपर्ने बाटो त पहिले तयार हुनुपर्‍यो नि । मार्ग प्रशस्त हुनुपर्‍यो नि । यति कुरा त सबैले बुझ्नुपर्छ,’ उनले भने, ‘उहाँ नै सभामुख हुनुहोला । उपसभामुखले राजिनामा दिएपछि मात्रै हाम्रो पार्टीले सभामुख पाउने बाटो खुल्छ । त्यो बाटो खुलिसकेपछि हाम्रो पार्टीकोतर्फबाट उहाँ पनि सशक्त दाबेदार हो भन्ने थाहै छ । यसमा पार्टीले आवश्यक छलफल गरेर उपयुक्त निर्णय लिन्छ ।’ सभामुख आफ्नो सबैभन्दा ठूलो पार्टीले नपाउने स्थिति सिर्जना गर्नु पार्टीको हित चाहने र लोकतान्त्रिक मर्यादा स्वीकार्य गर्ने कसैको लागि पनि उपयुक्त नभएको उनले बताए ।


एक अर्को प्रसंगमा उनले सरकारले गरेको काम ठिकलाई ठिक र बेठिकलाई बेठिक भनिने समेत बताए । ‘कहिलेकाहीँ पार्टीभित्र छलफल गरिन्छ । कहिलेकाहीँ पार्टीलाई जानकारी दिएर सार्वजनिक स्थलबाट छलफल गरिन्छ,’ उनले भने । उनले एमसीसीको विषयमा सचिवालय बैठकले निर्णय गर्ने बताए ।

प्रकाशित : पुस २९, २०७६ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?