उपसभामुख छोड्नुस्, सभामुख बन्ने बाटो खुला छ : प्रवक्ता श्रेष्ठ

आश गुरुङ

लमजुङ — नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङ्फे सभामुखको सशक्त दाबेदार भएको बताएका छन् । सभामुखको प्रतिस्पर्धामा जान पहिले उपसभामुखको पदबाट राजिनामा दिन श्रेष्ठले उपसभामुख तुम्बाहङ्फेलाई आग्रह गरेका छन् ।

ZenTravel

प्रेस संगठन लमजुङले मंगलबार मदनआश्रित स्मृति भवन बेंसीसहरमा आयोजित पत्रकार भेटघाटमा प्रवक्ता श्रेष्ठले भने, ‘सभामुख बन्न पनि पहिले उपसभामुखबाट राजिनामा दिनुपर्छ। संवैधानिक बाटो खुलाउनुपर्छ।’ संविधानको मर्म अनुसार सभामुख बनाउन उपसभामुख रहेर सम्भव नरहेको उनले जिकिर गरे। ‘उपसभामुख हाम्रो पार्टीको रहुन्जेल सभामुख हाम्रो पार्टीको रहन सक्दैन। सभामुख हाम्रो पार्टीको पक्षमा राख्न उपसभामुखलाई राजिनामा दिन अनुरोध गरेका हौं।’

Meroghar

सभामुखकका लागि प्रतिनिधि सभाका सबै सदस्यले दाबी गर्न पाउने उनले बताए। ‘उपसभामुख भइसकेको हिसाबले अहिलेको उपसभामुखले त्यसमा दाबी राख्ने हक राख्नुहुन्छ र त्यो स्वभाविक पनि हो’ उनले भने। उपसभामुखले राजिनामा नदिँदासम्म सभामुख आफ्नो पार्टीले पाउने सम्भावनाकै अन्त्य हुने उनले बताए।

‘सभामुख उहाँ नै बन्ने हो भने पनि पार्टीले पाउनुपर्ने बाटो त पहिले तयार हुनुपर्‍यो नि। मार्ग प्रशस्त हुनुपर्‍यो नि। यति कुरा त सबैले बुझ्नुपर्छ,’ उनले भने, ‘उहाँ नै सभामुख हुनुहोला। उपसभामुखले राजिनामा दिएपछि मात्रै हाम्रो पार्टीले सभामुख पाउने बाटो खुल्छ। त्यो बाटो खुलिसकेपछि हाम्रो पार्टीकोतर्फबाट उहाँ पनि सशक्त दाबेदार हो भन्ने थाहै छ। यसमा पार्टीले आवश्यक छलफल गरेर उपयुक्त निर्णय लिन्छ।’ सभामुख आफ्नो सबैभन्दा ठूलो पार्टीले नपाउने स्थिति सिर्जना गर्नु पार्टीको हित चाहने र लोकतान्त्रिक मर्यादा स्वीकार्य गर्ने कसैको लागि पनि उपयुक्त नभएको उनले बताए।

एक अर्को प्रसंगमा उनले सरकारले गरेको काम ठिकलाई ठिक र बेठिकलाई बेठिक भनिने समेत बताए। ‘कहिलेकाहीँ पार्टीभित्र छलफल गरिन्छ। कहिलेकाहीँ पार्टीलाई जानकारी दिएर सार्वजनिक स्थलबाट छलफल गरिन्छ,’ उनले भने। उनले एमसीसीको विषयमा सचिवालय बैठकले निर्णय गर्ने बताए।

प्रकाशित : पुस २९, २०७६ १६:१०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रदेश ५ को 'नाम' र 'राजधानी' हिउँदे अधिवेशनमै टुंगो लगाउने तयारी

सन्जु पौडेल

रुपन्देही — माघ ५ गतेबाट सुरु हुने प्रदेशसभाको हिउँदे अधिवेशनले प्रदेशको नाम र राजधानी टुंगो लगाउने सत्तरुढ दलका नेताले दाबी गरेका छन् । नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले आगामी हिउँदे अधिवेशनले राजधानी र प्रदेशको नाम तय गर्ने दाबी गरे । 

प्रदेश ५ को प्रदेशसभा भवन । तस्बिर : घनश्याम/कान्तिपुर

‘सरकारले प्रदेशको नामाकरण र केन्द्र निर्धारणका लागि गठन गरेको विशेष समितिले प्रतिवेदन बुझाएको छ,’ उनले भने, ‘सोही अधिवेशनबाट प्रतिवेदन अनुरुप नै स्थायी केन्द्र तोकिने छ।’ उक्त समितिले १२ जिल्लामा पुगेर स्थानीय तह, राजनीतिक दल, संघसंस्था, बुद्धिजिवी र नागरिकबाट संकलन गरेको निष्कर्षका आधारमा छलफल गरेर टुंगो लगाइने उनले बताए। ‘प्रतिवेदन सार्वजनिक भएपछि राम्रा र नराम्रा पक्षको विषयमा अध्ययन गरेर सबै जनतालाई अपनत्व महसुस गर्ने कुरालाई ध्यान दिइने छ,’ रिपोर्टस क्लब प्रदेशले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘यसै विषयमा छलफल गर्न माघ ४ गते नेकपाको संसदीय दलको बैठक आयोजना गरिएको छ। ’

सुझाव संकलन समितिकी सदस्य तथा कांग्रेस सचेतक निर्मला क्षेत्रीले प्रतिवेदन बुझाइसकेको अवस्थमा छिट्टै राजधानी र नामको टुंगो लाग्ने बताइन्। यहाँका १२ जिल्ला बाहेक छिमेकी राष्ट्र भारतको हरियाणा प्रदेशको समेत अध्ययन भ्रमण गरेर समितिले प्रतिवेदन तयार गरेको उनले बताइन।

‘स्थायी संरचना भत्काउने गरी राजधानी तोकिँदैन,’ उनले भनिन, ‘प्रदेशका लागि आवश्यक संरचना निर्माण भइसकेको स्थान नबिग्रने गरी राजधानी तोक्न फेरि पनि मेरो सुझाव छ।’ राजधानी तोक्ने विषय दलभन्दा माथिको भएकाले सोही अनुरुप समितीका सदस्यले तथ्यांक संकलन गरी प्रतिवेदन बुझाएको उनले जनाइन्।

समितिको प्रतिवेदनमा विश्वास नगरी पुनःअर्को समिति गठन गरेर पठाएकोप्रति चिन्ता व्यक्त गर्दै उनले यसरी समय लम्ब्याउन नहुने बताइन्। कांग्रेस प्रदेशको आर्थिक बचततर्फ केन्द्रीत रहेकाले भएको संरचना नोक्सान गरी अन्यत्र राजधानी बनाउने विषयमा नरहेको उनले बताइन्।

समाजवादी पार्टीका सचेतक सन्तोष पाण्डेले बुद्ध जन्मस्थल लुम्बिनी नै प्रदेशको नाम हुने बताए। लुम्बिनी नाम राख्न अन्य प्रदेश पनि लालायित हुने अवस्थामा आफ्नै प्रदेश त्यसबाट चुक्न नहुने बताए।‘अस्थायी राजधानी नै स्थायी राजधानीका लागि उपयुक्त छ,’ उनले भने, ‘यसको निर्णय कुनै पार्टीले नभई प्रदेश सभामा निर्वाचित सदस्यले गर्नेछन्।’ सहज ढंगले तोक्न सकिने केन्द्र र प्रदेशको नाममा विवाद र अन्य दलगत छलफल आवश्यक नरहेको उनले जिकिर गरे।

जनताले विश्वास गरेर पठाएकाले राजधानीको विषय टुंगो लगाउनेतर्फ पाइला अल्झिरहन नहुने बताए। भौतिक पूर्वाधार र अथाह आर्थिक विकासको सम्भावना बोकेको रुपन्देही नै राजधानी हुने उनले दोहोर्याए। राजधानीको विषय स्थानको आलोपाले गर्ने सवाल नभएकाले स्थायी सदरमुकाम तोक्न प्रदेशसभाले ढिलाई गर्न नहुने उनले बताए।

प्रकाशित : पुस २९, २०७६ १५:५८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×