थ्री नट थ्री राइफलसहित चन्द समूहका सेक्रेटरी पक्राउ

लालप्रसाद शर्मा

पोखरा — गोली लोड गरेर राखिएको थ्रीनटथ्री राइफलसहित प्रतिबन्धित नेत्रबिक्रम चन्द समूहका म्याग्दी जिल्ला सेक्रेटरी रेशम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । सापकोटालाई बेनी नगरपालिका–२ भकिम्लीस्थित उनकै घरबाट आइतबार राति पक्राउ गरिएको म्याग्दी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी म्याग्दीका निरीक्षक ध्रुव शर्माका अनुसार सापकोटाको साथबाट थ्री नट थ्री राइफल र त्यसको ७ राउन्ड गोली बरामद भएको छ । त्यसैगरी एकनाले भरुवा बन्दुक र त्यसमा प्रयोग हुने छर्राको ३ वटा डिब्बा पनि भेटिएको उनले बताए । ‘राइफल र भरुवा बन्दुक दुवैमा गोली लोड गरेर तयारी अवस्थामा राखिएको थियो,’ शर्माले भने ।


तत्कालीन अवस्थामा नेपाल प्रहरीसँग मात्रै थ्री नट थ्री राइफल थियो । २०६० चैतमा म्याग्दी सदरमुकाम बेनी आक्रमणका बेला वा अन्यत्र कतैबाट ल्याइएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रकाशित : पुस २८, २०७६ १२:४५

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

तीन ठाउँमा विस्फोट

लालप्रसाद शर्मा

पोखरा — प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन भइरहेको कास्की निर्वाचन क्षेत्र नम्बर २ का तीन मतदानस्थल नजिक बिस्फोट भएको छ । 

पोखरा–३३ बाघमारास्थित सरस्वती टीका मावि मतदानस्थल, पोखरा–९ नयाँबजारस्थित नवप्रभात मावि र पोखरा–१६ स्थित शान्ति मावि मतदानस्थल नजिकै विस्फोट भएको हो । मतदानस्थल नजिकै विस्फोट भए पनि त्यहाँ मतदान प्रक्रिया जारी छ । विस्फोटबाट नवप्रभातको स्कुलको भित्तामा क्षति पुगेको छ । शान्ति माविको पर्खालबाहिर दुई पटकसम्म विस्फोटको आवाज सुनिएको थियो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले विस्फोट भए पनि मतदान प्रक्रियामा कुनै अवरोध नभएको बताए ।

१५ प्रतिशत मतदान

यसैबीच शनिबार बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा सवा ९ बजेसम्म १२ देखि १५ प्रतिशत्सम्म मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले कुनै पनि मतदानस्थल र केन्द्रमा बिनाअवरोध मतदान भइरहेको जनाए ।

प्रकाशित : मंसिर १४, २०७६ ०९:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×