थ्री नट थ्री राइफलसहित चन्द समूहका सेक्रेटरी पक्राउ

लालप्रसाद शर्मा

पोखरा — गोली लोड गरेर राखिएको थ्रीनटथ्री राइफलसहित प्रतिबन्धित नेत्रबिक्रम चन्द समूहका म्याग्दी जिल्ला सेक्रेटरी रेशम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । सापकोटालाई बेनी नगरपालिका–२ भकिम्लीस्थित उनकै घरबाट आइतबार राति पक्राउ गरिएको म्याग्दी प्रहरीले जनाएको छ ।

थ्री नट थ्री राइफलसहित चन्द समूहका सेक्रेटरी पक्राउ

जिल्ला प्रहरी म्याग्दीका निरीक्षक ध्रुव शर्माका अनुसार सापकोटाको साथबाट थ्री नट थ्री राइफल र त्यसको ७ राउन्ड गोली बरामद भएको छ । त्यसैगरी एकनाले भरुवा बन्दुक र त्यसमा प्रयोग हुने छर्राको ३ वटा डिब्बा पनि भेटिएको उनले बताए । ‘राइफल र भरुवा बन्दुक दुवैमा गोली लोड गरेर तयारी अवस्थामा राखिएको थियो,’ शर्माले भने ।


तत्कालीन अवस्थामा नेपाल प्रहरीसँग मात्रै थ्री नट थ्री राइफल थियो । २०६० चैतमा म्याग्दी सदरमुकाम बेनी आक्रमणका बेला वा अन्यत्र कतैबाट ल्याइएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस २८, २०७६ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?