१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

अज्ञात समूहद्वारा एनसेलको टावरमा आगजनी

प्रताप रानामगर

(दमौली) — अज्ञात समूहले तनहुँको भिमाद ५ मिछुर्लुङ्गस्थित एनसेलको टावरमा शनिबार राति आगजानी गरेका छन् । आगजनीबाट टावरको सबै उपकरण जलेर नष्ट भएको एनसल भिमाद शाखाका कर्मचारी महेश महतोले बताए ।

अज्ञात समूहद्वारा एनसेलको टावरमा आगजनी

‘गएराति साँढे ११ बजे टावर बन्द भएको मोबाइलमा म्यासेज आयो', उनले भने, ‘आज बिहानै टावरमा गएको जलेको अवस्था भेटियो ।’


बिजुलीको मुख्य मिटरबाट लाइन काटेर आगजनी गरेको देखिएको छ । हम्मर, लौरो जलनपदार्थ र जुटको बोरा प्रयोग गरेर आगजनी गरेको घटनास्थलमा देखिएको उनले बताए । आगजनीबाट करोड बढी क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।


टावरको जेनेरेटर, व्यट्री टावरका तार लगायतका सामग्री जलेको ईलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायव निरीक्षक भेषराज रेग्मीले बताए । आगजनी कस्ले गरेको भन्ने पहिचान खुलेको छैन । घटनाको संलग्नताको खोजी भइरहेको छ ।

प्रकाशित : पुस २७, २०७६ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?