२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

गाउँमै योजनाको सम्झौता

आश गुरुङ

(लमजुङ) — वडाको प्राथामिकताको योजनालाई गाउँपालिकाले सोही अनुसार बजेट विनियोजन गर्छ । योजना कार्यान्वयन गर्न गाउँपालिका अध्यक्ष र सचिवमार्फत उपभोक्ता समिति गठन गर्न सूचना पठाइन्छ । उपभोक्ता समिति गठन हुन्छ । उक्त समिति योजना सम्झौता गर्न गाउँपालिकाको कार्यालय धाउनु पर्दैन । सम्झौता गर्न गाउँपालिकाका कर्मचारी उपभोक्ता खोज्दै गाउँपुग्छन् ।

यो सुविधा क्व्होलासोंथर गाउापालिकामा छ । योजना सम्झौता गर्न कार्यपालिका कार्यालय जानुपर्नेमा कर्मचारी नै उपभोक्ता खोज्दै गाउँ आएपछि स्थानीय मख्ख छन । क्व्होलासोंथर गाउापालिका–५ सिङदीका अध्यक्ष गीतबहादुर गुरुङका अनुसार कर्मचारी आएर सवै योजनाको सम्झौता गरेर गइसकेका छन् । योजनाको काम पनि भइरहेको छ । काम सकेपछि एकैपटक भुक्तानी लिने योजनामा उपभोक्ता छन् ।


गाउँपालिकाले कर्मचारीलाई गाउा खटाएपछि उपभोक्ता कार्यपालिकासम्म पुग्नुपर्ने झन्झट टरेको वडा ६ का अध्यक्ष मनलाल गुरुङले बताए । ‘गाउापालिका कार्यालयमा गए यो कागज पुगेन, बनाएर ल्याउनुपर्छ, हुँदैन भन्ने कुरा आउँछ । गाउँमै कर्मचारी आएपछि अध्यक्ष पनि गाउँमै, कार्यालय पनि गाउामै, सचिव पनि गाउँमै । सिफारिस दिन पनि सजिलो । कागजपत्र नमिले मिलाउन पनि सजिलो’ उनले भने । कर्मचारी गाउँ आएर सजिलो भएको उनले बताए । गाउँपालिकाका योजना शाखाका नासु चित्र घलेका अनुसार गाउँमा पुगेर पायकस्थान वा टोलमै पुगेर योजना सम्झौताका लागि उपभोक्तालाई बोलाइन्छ । सम्झौता गर्न प्रमुख प्रशासकीय अधिकृत, योजना, प्राविधिक शाखा, लेखा शाखाका कर्मचारी पुग्छन् । कहिलेकाहीं अध्यक्ष र उपाध्यक्ष पनि जाने गरेको उनले बताए । ‘सबै गाउँमा पुगेपछि कार्यालय नै गाउामा पुगेसरह भयो । अनि गाउँमै हुन्छ योजना सम्झौता’ उनले भने । कतिपय योजना सकिएर अनुगमन भइसकेको र भुक्तानी समेत लगेको उनले बताए ।


गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले उपभोक्ताको दुःख कम कम गर्न कर्मचारीलाई गाउँगाउँमा नागरिकको सेवामा खटाएको बताए । ‘कर्मचारी गाउँगाउँ पुगेपछि सिंहदरबार गाउामै आएको अनुभूति नागरिकले गरेका छन् । योजना सम्झौता गाउँमा भएपछि उपभोक्तालाई धेरै सजिलो भएको छ’ उनले भने । घरआँगनमै पुगेर कर्मचारीलाई सेवा दिन निर्देशन दिएको उनले बताए ।


पालिका अध्यक्ष घलेका अनुसार गाउँ पुगेका कर्मचारीले गाउालेलाई भेला गर्ने, योजनाको बारे जानकारी गराउने, उपभोक्ता समितिको काम, कर्तव्य र अधिकारबारे जानकारी गराउने र योजना सम्झौता गर्ने गरेका छन् । भौगोलिक विकटता भएर पनि कर्मचारीलाई गाउँगाउँ खटाएको उनले बताए । ‘गाउँठाउँमै पुगेर योजना सम्झौता गराउँदा उपभोक्ताले धेरै जानकारी पाउाछन् । उपभोक्ता समितिलाई समय र खर्चको व्यय भार पर्दैन । आवश्यक कागजातपत्र गाउँमै उपलब्ध हुन्छ,’ उनले भने ।


प्रमुख प्रशासकीय अधिकृत पीताम्बर सारुका अनुसार कर्मचारी गाउामै गएर गरिएको योजना सम्झौता प्रभावकारी भएको छ । योजना सम्झौता गरेकै दिनदेखि उपभोक्ताले काम थाल्छन । गाउँपालिकाभित्र १ सय ६६ वटै योजना सम्झौता गरेर आगामी चैत मसान्तभित्र सवै योजना सक्ने गरि काम अघि बढेको उनले बताए । योजना चैतमै सकिएपछि ‘असारे विकास’ नहुने उनले बताए । क्व्होलासोंथर गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि २५ करोड ३९ लाख ४२ हजार रुपैयाँ बजेट कायान्वयन गर्नेछ ।

प्रकाशित : पुस २६, २०७६ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?