कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गण्डकीमा कांग्रेसले पनि गर्‍यो उम्मेदवारी दर्ता

पोखरा — राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा कांग्रेसबाट सूर्यप्रसाद रेग्मी र विमला गौचनले उम्मेदवारी दर्ता गरेका छन् । रेग्मीले अन्य समूह र गौचनले महिलाबाट आइतबार गण्डकी प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दिएका हुन् ।

गण्डकीमा कांग्रेसले पनि गर्‍यो उम्मेदवारी दर्ता

रेग्मीको प्रदेश सांसद भागवतप्रकाश मल्ल प्रस्तावक र भीरकोट नगरपालिकाको मेयर छायाराम खनाल समर्थक रहेका छन् । त्यस्तै गौचनको प्रस्तावकमा जलजला गाउँपालिका पर्वतकी उपाध्यक्ष सीमा गर्बुजा र समर्थकमा भीरकोट नगरपालिका स्याङ्जाका उपमेयर सीमा कर्माचार्य छन् ।


राष्ट्रिय सभा निर्वाचनका लागि १८ पदमा निर्वचान हुन गइरहेको छ । जसको लागि आइतबार ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

प्रकाशित : पुस २०, २०७६ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?