कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

आइतबार साँझ हराएका बालक मृत अवस्थामा फेला

सम्झना रसाइली

तनहुँ — शुक्लागण्डकी नगरपालिका–३ उदेनढुङ्गामा एक बालक मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा त्यही ठाउँका २ वर्षीय रविन नेपाली रहेको प्रहरीले जनाएको छ । 

आइतबार साँझ हराएका रविन सोमबार बिहान घरदेखि करिब २ किलोमिटरमाथि ढाङढुङ्गा ठुलोपाखा श्यामपोखरी सामुदायिक वनमा मृत अवस्थामा फेला परेको डीएसपी लिलाराज लामिछानेले बताए ।


टाउको छुट्टिएको, पेट तथा ढाडको मासु नभएको अवस्थामा बालकको शव फेला परेको डीएसपी लामिछानेले बताएका छन् । शवको प्रकृति हेर्दा चितुवाले खाएको हुन सक्ने आंकलन गरिएको पनि उनले बताए ।


यसअघि चितुवाको आक्रमणबाट भानु नगरपालिकामा ६ जना बालबालिकाको ज्यान गइसकेको छ । त्यस्तै ४ जना घाइते भएका छन् ।

प्रकाशित : पुस १४, २०७६ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?