कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

बालिकासँग विवाह गर्ने २७ वर्षीय युवकसहित ३ पक्राउ

स्याङ्जा — बालविवाह गरेको आरोपमा स्याङ्जा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

बालिकासँग विवाह गर्ने २७ वर्षीय युवकसहित ३ पक्राउ

हरिनास गाउँपालिका-६ का २७ वर्षीय सन्तबहादुर रानासहित ३ जना बालविवाह गरेको र गराएको आराेपमा पक्राउ परेको स्याङ्जा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।


सन्तबहादुर रानाले कक्षा ९ मा पढ्ने १४ वर्षीया बालिकासँग विवाह गरेका थिए । बालिकाको मन्जुरीबिना आफन्तको करकापमा विवाह भएको थियाे । बालिकाले प्रहरीको हेल्पलाइन नम्बर १०० मा फोन गरी सहयोग मागेकी थिइन् ।


'रानाले भारतको हिसार भन्ने ठाउँमा रहेको एक होटलमा काम गर्दै आएका रहेछन्’, डीएसपी भण्डारीले भने, ‘गत दसैँमा घर आएका रहेछन् । विवाह गर्न धेरै ठाउँमा प्रयास गर्दा आफन्तले फकाइफुलाइ बालिकासँग विवाह गराइिदएका रहेछन् ।’


प्रहरीका अनुसार बालिकाले नै निवेदन दिएकी छन् । जाहेरीअनुसार प्रहरीले फकाइफुलाइ विवाह गर्न बाध्य बनाउने हरिनास–६ का ६४ वर्षीय वेलबहादुर राना र ४६ वर्षीया सुना राना पक्राउ परेका छन् ।


‘प्रहरी साझेदारी कार्यक्रममा केही अप्ठ्यारो पर्दा १०० मा फोन गर्नुपर्छ भनेर दिइएको शिक्षाले यी बालिकाले त्यही उपाय लगाएर न्याय खोजिन्’, डीएसपी भण्डारीले भने, ‘हामीले यसरी नै न्याय खोज्न सक्नुपर्छ भनेर विद्यार्थीमैत्री प्रहरी अभियान चलाएका छौँ ।यसबाट हामीलाई पनि धेरै घटना अनुसन्धान गर्न सहयोग मिलेको छ ।’


पक्राउ परेका उनीहरुलाई विवाहसम्बन्धी कसुरअन्तर्गत (बाल विवाह) मुद्दा दर्ता गरी अनुसन्धान सुरु भएको डीएसपी भण्डारीले बताए ।

प्रकाशित : पुस ७, २०७६ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?