१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अस्पतालमै 'बन्धक' सुत्केरीलाई ५० हजार सहयोग 

पोखरा — उपचारबापत्‌को साढे ३ लाख रुपैयाँ बुझाउन नसक्दा अस्पतालमै ‘बन्धक’ सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाकी ललीतादेवी खंगलाई यहाँको एक विद्यालयले ५० हजार ५ रुपैयाँ सहयोग गरेको छ ।

अस्पतालमै 'बन्धक' सुत्केरीलाई ५० हजार सहयोग 

पोखरा–७ मासबारमा रहेको मदरल्यान्ड माविले स्थापनाको २५ औं वर्षगाँठको अवसरमा आइतबार उक्त सहयोग रकम दिएको हो । कांग्रेस नेता तथा पूर्वमन्त्री गगन थापाले कान्तिपुरकर्मी लालप्रसाद शर्मालाई उक्त रकमको चेक हस्तान्तरण गरे ।


खंग विराटनगरस्थित विराटनगर अस्पतालमा उक्त रकम तिर्न नसकेपछि डिस्चार्ज हुन नपाएको समाचार मंसिर २६ को कान्तिपुरमा प्रकाशित भएको थियो । सोही समाचारबाट प्रभावित भएर विद्यालयले सहयोग गरेको प्रिन्सिपल नारायण बरालले बताए । ‘खंग परिवारको अवस्था दयनीय देख्यौं’ उनले भने, ‘थोरै भए पनि राहत मिल्ला भनेर सहयोग गरेका हौं ।’


खंगले बिराटनगरकै जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टरमा जुम्ल्याहा छोरी जन्माएकी थिइन् । नवजात शिशुमध्ये एकको मृत्यु भएको छ । खंगका पति गोपी मजदुरी गरेर जीविकोपार्जन गर्छन् । सुत्केरी हुनका लागि खंग परिवारले झन्डै दुई लाख खर्च गरिसकेको थियो । थप साढे ३ लाख रुपैयाँ खर्च भएपछि अस्पतालले डिस्चार्ज दिएको थिएन ।


यस्तो थियो घटना

प्रकाशित : मंसिर २९, २०७६ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?