१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

वडाको सुविधासम्पन्न कार्यालय

स्याङ्जा — आँधिखोला गाउँपालिका–१ पञ्चमूलस्थित वडा कार्यालयको अत्याधुनिक सुविधासम्पन्न भवन बनेको छ । वडा भवन गाउँपालिकाबाट ८५ लाख र श्रमदान ६ लाख १९ हजार रुपैयाँको लागतमा निर्माण भएको हो । भवनमा एक सभा हल ४ कोठा र ३ सर्टर छन् ।

वडाको सुविधासम्पन्न कार्यालय

‘सेवा दिन र लिनका लागि पनि भौतिक संरचना एक मुख्य पूर्वाधार रहेकाले सुविधासम्पन्न भवन बनाएका हौं,’ गाउँपालिका अध्यक्ष सुधीर पौडेलले भने, ‘गाउँपालिकाका सबै वडालाई व्यवस्थित गराउने योजनाअन्तर्गत वडा एकबाट भवन बनाएर सुरुआत गरेका हौ ।’


ठूलो मिहिनेतले भवन बनेको भन्दै उनले स्थानीयको सहभागिताको पनि प्रशंसा गरे । भवन निर्माणले जनतालाई सर्वसुलभ रूपमा सेवा प्रवाह गर्न सकिने उनको भनाइ थियो । वडाध्यक्ष लोकप्रसाद ढकालले अत्याधुनिक भवन निर्माणसँगै सेवाप्रवाहमा पनि सहज भएको बताए । भवन निर्माण समितिका अध्यक्ष शिवराम ढकालले २०७५ मंसिरमा सम्झौता भएर गत असारमै काम सकिएको सुनाए ।


भवनको बिहीबार उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वडाको यति राम्रो संरचना बन्नु सकारात्मक भएको भन्दै संघीयतामा सबै नागरिकले सहज रूपमा सेवासुविधा पाउनु पर्ने उल्लेख गरे । सुरुमा वडा कार्यालय भवन बनाइएको जग्गा स्थानीय एक विद्यालयको भएकाले त्यहाँ बनाउन नहुने भन्दै केही स्थानीयले उच्च अदालत पोखरामा मुद्दा दायर पनि गरेका थिए ।


अदालतले विद्यालय र वडा कार्यालय दुवै सरकारी भएकाले जग्गा कसको भन्ने विवाद गर्न नहुने भनिदिएपछि गाउँपालिकाले कार्यालय बनाएको हो । १० आनाभन्दा केही बढी जग्गामा कार्यालय बनेको हो ।

प्रकाशित : मंसिर २९, २०७६ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?