१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

मुख्यमन्त्रीको बजेट गुम्बादेखि पार्टी भवनसम्म

लमजुङ — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांसद कोषअन्तर्गतको बजेट गुम्बादखि पार्टी भवन निर्माणसम्म विनियोजन गरेका छन् । 

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अधिकांश बजेट उनले सामुदायिक भवन निर्माणमा छुट्याएका छन् । गुरुङ लमजुङ प्रदेश ‘ख’ बाट निर्वाचित भएर गण्डकी प्रदेशका मुख्यमन्त्री बनेका हुन् । प्रदेशमा सांसदले पाउने २ करोड बजेटमा कार्यविधी अनुसार ५ लाख प्रशासनिक खर्चका लागि छुट्याएका छन् । बाँकी १ करोड ९५ लाख विकासका लागि विनियोजन गरिएको छ । कुल २२ योजना छनौट गरेका उनले १६ योजना आमा समूह, महिला समूह, विद्यालय, सामुदायिक भवन, गुम्बा, पार्टीका भवन छानेका छन् । भवन निर्माण र मदन–आश्रित स्मृति भवनलाई बजेट विनियोजन गरेका हुन् । उक्त भवनमा पार्टी कार्यालय संचालन हुनेछ । भवन निर्माणमामात्रै १ करोड ३५ लाख बजेट विनियोजन गरिएको छ । बाँकी ६० लाख सडक, खेलकुद मैदानलगायतमा बजेट विनियोजन गरेका छन् ।


गुरुङ संयोजक र सदस्य सचिव जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयका डिभिजन इन्जिनियर प्रकाश लम्साल रहेको समितिले बजेट विनियोजन गरेको हो । लम्सालका अनुसार सवैभन्दा बढी बेंसीसहर नगरपालिकामा ७ योजनाका लागि ६७ लाख परेको छ । सुन्दरबजार नगरपालिकामा ५ योजनाका लागि ५३ लाख, मध्यनेपाल नगरपालिकामा ६ योजनाका लागि ४८ लाख र क्व्होलासोंथर गाउँपालिकाको ४ योजनाका लागि २७ लाख बजेट विनियोजन गरिएको उनले बताए ।

प्रकाशित : मंसिर २२, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?