३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पशु प्राविधिकको अभाव

रामेछाप — मन्थली नगरपालिकामा पशु स्वास्थ्यमा काम गर्ने प्राविधिकको अभाव भएको छ । १४ वडा भएको नगरपालिकामा तीनजना मात्रै कर्मचारी छन् । नगरपालिकामा करिब तीन हजार गाईभैंसीमा कृत्रिम गर्भाधान हुने गरेको छ । पशु उपचार, शिविर, महामारी नियन्त्रण र पशु विकासका अन्य काममा थोरै कर्मचारीलाई भ्याईनभ्याई छ ।

जिल्ला पशुसेवा कार्यालय खारेज भएपछि पशु उपचार र विकासका कार्यक्रम प्रभावित भएको हो । भएका कर्मचारी स्थानीय तहमा समायोजन भएकाले स्थानीय सरकारलाई पशुपालन र विकासका कार्यक्रम सञ्चालन गर्न कठिनाइ परेको नगरपालिका पशु सेवा शाखाका प्रमुख मुकुन्द खड्काले बताए । सिन्धुलीमा रहेको पशु अस्पताल तथा ज्ञान केन्द्रले रामेछापको समेत कार्यक्षेत्र हेर्ने जिम्मेवारी पाएको छ । तर, उक्त केन्द्रले रामेछापमा कार्यक्रम सञ्चालन र जनशक्तिमा चासो दिएको छैन । खड्काका अनुसार नगरपालिकाले पशु उपचार र विकासका क्षेत्रमा चालू आर्थिक वर्षका लागि ६० लाख रुपैयाँ विनियोजन गरेको छ । कर्मचारी नहुँदा उक्त कार्यक्रम लागू गर्नसमेत समस्या परेको छ । ‘हामीले स्थायी कर्मचारीको व्यवस्थापन नहुँदासम्म करारमा सेवा लिने गरी कर्मचारीको व्यवस्थापन गरिदिन नगरपालिकामा अनुरोध गरेका छौं,’ खड्काले भने ।


नगरपालिकाको अनुदानबाट उन्नत पशु वितरण, गोठ खोर सुधार, दूधमा अनुदान, स्थानीय जातलाई प्रवर्द्धन, औषधि खरिद र शिविरको आयोजना लगायतका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ । नगरपालिका पशु र कृषि शाखाको कामकारबाहीप्रति जनप्रतिनिधि समेत खुसी छैनन । कार्यक्रम हुँदा जानकारी नै नहुने वडा नम्बर ७ का अध्यक्ष सुदर्शन प्रसाईंले बताए ।

प्रकाशित : मंसिर २१, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?