दुर्घटनामा २ को मृत्यु, २ घाइते

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीमा भएका दुई फरक दुर्घटनामा २ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । 

महेन्द्रराजमार्ग अन्तर्गत गैंडाकोटमा स्कुटरलाई ट्रकले ठक्करदिँदा चितवन भरतपुर–१० घर भएका वीरेन्द्र गिरीको मृत्यु भएको हो । दुर्घटना परी घाइते भएका आकाश सिंजालीको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।


इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार गैंडाकोटको नमस्ते चोकमा ना ३६ प २६१८ नम्बरको स्कुटरलाई ना ६ प ८०५८ नम्बरको ट्रकले ठक्कर दिँदा बिहीबार बिहान दुर्घटना भएको थियो ।


जिल्ला प्रहरी कार्यालयका अनुसार पहाडी कच्ची बाटोमा मोटरसाइकल भीरबाट खस्दा भारतिपुरका बुद्धिमान श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।


बुलिंटार गाउँपालिकाको भारतिपुरबाट महेन्द्र राजमार्गको दल्दलेतर्फ आउँदै गरेको मोटरसाइकल भिरबाट १ सय मिटर तल खस्दा उनको मृत्यु भएको हो ।


मोटरसाइकल चालक राम्जी श्रेष्ठ घाइते भएका छन् । उनको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १९, २०७६ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?