५७ हजार करको दायरामा

तनहुँ — चार जिल्ला कार्यक्षेत्र रहेको आन्तरिक राजस्व कार्यालय दमौलीमा करिव ५७ हजार करदाता करको दायरामा आएका छन् । तनहुँ, लमजुङ, गोरखा र मनाङ कार्यक्षेत्र रहेको कार्यालयमा ५६ हजार ६ सय ७ करदाता पुगेका हुन् । 

व्यावसायिक लेखा नम्बरतर्फ ३१ हजार २ सय ८०, मूल्य अभिवृद्धि करतर्फ ३ हजार ३ सय ३६ र व्यक्तिगत स्थायी लेखा नम्बरतर्फ १८ हजार ९ सय २७ र अन्य गरी करदाता करको दायरामा आएका कार्यालय प्रमुख सूर्यप्रसाद सेढाइँले बताए । गत आव ०७५/७६ सम्ममा व्यावसायिक लेखा नम्बर लिनेको संख्या २५ हजार ३ सय ४६ रहेको थियो भने मूल्य अभिवृद्धि करतर्फ २ हजार ७ सय ४, व्यक्तिगत स्थायी लेखा नम्बरतर्फ ७ हजार ३८ र अन्य गरी ३७ हजार ३ सय ४४ करदाता रहेका थिए । उनले भने, ‘सरकारले चालु आवदेखि स्थायी लेखा नम्बर (पान) अनिवार्य गरेपछि करको दायरामा आउनेको संख्या बढेको हो ।’


गत आव ०७५/७६ मा ५ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको कार्यालयले ५ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । चालु आव ०७६/७७ मा ८ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।


त्यस्तै, आन्तरिक राजस्व कार्यालय दमौलीमा आठौं राष्ट्रिय कर दिवसको अवसरमा जिल्लामा सप्ताहव्यापी कार्यक्रम भएको छ । कर दिवसको अवसरमा कार्यक्षेत्र रहेका ४ जिल्लाका व्यवसायीलाई करदाता शिक्षा

तथा अन्तरक्रिया, उत्कृष्ट करदातालाई सम्मानलगायत कार्यक्रम गरी मनाइएको कार्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर १७, २०७६ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?