कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सुन्दरबजार २ मा नेकपाका श्रेष्ठ विजयी

आश गुरुङ

(लमजुङ) — सुन्दरबजार नगरपालिका २ मा शनिबार भएको उपनिर्वाचनबाट नेकपामा उम्मेदवार नवीनकुमार श्रेष्ठ वडाध्यक्ष पदमा विजयी भएका छन् ।

सुन्दरबजार २ मा नेकपाका श्रेष्ठ विजयी

शनिबार राति ९ बजे सकिएको मतपरिणाम अनुसार श्रेष्ठले ९ सय ८९ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रकाश सेढाइँले ४ सय ८४ मत पाएका छन् । राप्रपाका पवनराज बसौलाले १६ मत, मंगोल नेशनल अर्गनाइजेशनका रामजी दर्जीले १२ मत र स्थानीय चुनावदेखि कांग्रेसबाट छुट्टिएर स्वतन्त्र चुनाव लड्दै आएको स्वतन्त्र समूहका कृष्णबहादुर केसीले ८ मत पाएका छन् । मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाका अनुसार १२ मत बदर भएको छ ।


स्थानीय तह चुनावमा वडा अध्यक्षमा निर्वाचित तत्कालीन एमालेका लोकराज पाण्डे जिल्ला समन्वय समितिको प्रमुख निर्वाचित भएपछि उक्त वडामा उपनिर्वाचन भएको हो । २०७४ वैशाख ३१ गतेको स्थानीय तह चुनावमा तत्कालीन एमाले उम्मेदवर लोकराज पाण्डेले ९ सय ५ मत ल्याएर वडाअध्यक्षमा विजयी भएका थिए । उनका निकटत्तम प्रतिद्वन्द्वी कांग्रेसका परशुराम केसीले ३ सय ४७ मत पाएका थिए । तत्कालीन माओवादी केन्द्रका पूर्णबहादुर मौरतीले १ सय ६ मत पाएका थिए । राप्रपाका दीपकराज सेढाइँले ५२ मत ल्याएका थिए । त्यतिबेला कुल १ हजार ४ सय ९२ मत खसेको थियो । ८२ मत बदर भएको थियो ।


शनिबार भएको उपनिर्वाचनमा ६६ दशमलव ३० प्रतिशत मत खसेको छ । कुल २ हजार २ सय ९७ मतदाता रहेको उक्त वडामा १ हजार ५ सय २३ मत खसेको थियो । यसमा महिला ८ सय ६२ र पुरुष ६ सय ६१ ले मतदान गरेका थिए । महेन्द्र मन्दिर मावि ‘क’ केन्द्रका मतदान अधिृकत विष्णुप्रसाद पौडेलले महिला २ सय ५० र पुरुष १ सय ८६ गरी ४ सय ३६ जनाले मतदान गरेको बताए । उक्त केन्द्रमा ६ सय १६ मतदाता थिए ।


महेन्द्र मन्दिर मावि केन्द्र ‘ख’ का मतदान अधिकृत सुवास भण्डारीले २ सय २८ महिला र १ सय ९० पुरुष गरी ४ सय १८ जनाले मतदान गरेको बताए । उक्त केन्द्रमा ६ सय १६ मतदाता थिए । यस्तै, कान्ति मन्दिर मावि पुर्काङ केन्द्रमा १ हजार ६५ मतदाता रहेकोमा महिला ३ सय ८४ र पुरुष २ सय ८५ गरी ६ सय ६८ जनाले मतदान गरेका छन् ।

प्रकाशित : मंसिर १५, २०७६ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?