सुन्दरबजार–२ मा नेकपा विजयी

कान्तिपुर संवाददाता

लमजुङ — सुन्दरबजार नगरपालिका–२ को वडाध्यक्षमा नेकपाका नवीनकुमार श्रेष्ठ विजयी भएका छन् । उनले ९ सय ८९ र निकटतम प्रत्यासी कांग्रेसका प्रकाश सेढाइँले ४ सय ८४ मत प्राप्त गरेका छन् । राप्रपाका पवनराज बसौलाले १६, मंगोल नेसनल अर्गनाइजेसनका रामजी दर्जीले १२ र स्थानीय चुनावदेखि कांग्रेसबाट छुट्टिएर स्वतन्त्र चुनाव लड्दै आएको स्वतन्त्र समूहका कृष्णबहादुर केसीले ८ मत पाएका छन् । १२ मत बदर भएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले बताए ।

साबिक एमालेका वडाध्यक्ष लोकराज पाण्डे जिल्ला समन्वय समितिको प्रमुख निर्वाचित भएपछि उक्त वडामा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा ६६.३० प्रतिशत मत खसेको छ । २ हजार २ सय ९७ मतदातामध्ये ८ सय ६२ महिला र ६ सय ६१ पुरुषले मतदान गरेका थिए ।

प्रकाशित : मंसिर १४, २०७६ २१:४२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

धुलिखेल–२ मा नेकपा विजयी

कान्तिपुर संवाददाता

धुलिखेल — उपनिर्वाचन अन्तर्गत धुलिखेल–२ मा भएको निर्वाचनमा नेकपाका देवप्रसाद कोइराला विजयी भएका छन् । शनिबार भएको उपनिर्वाचनमा कोइरालाले आठ सय ६७ मत प्राप्त गरे । यस्तै कांग्रेसका दर्णबहादुर खत्रीले पाँच सय ८२ मत प्राप्त गरे । राजपा नेपालका कृष्णबहादुर तामाङले १५ र राप्रपा (संयुक्त)का बासु थापाले ६ मत प्राप्त गरे । जसमध्ये ३२ मत बदर भए ।

नेकपाका कोइराला, कांग्रेसका खत्री, राजपा नेपालका कृष्णबहादुर तामाङ र राप्रपा (संयुक्त)का बासु थापा प्रतिस्पर्धामा थिए।

एक हजार ८ सय ७७ मतदाता मध्ये एक हजार पाँच सय ०२ मत खसेको थियो। सात सय ५८ महिला र सात सय ४४ पुरुष मतदाताले मतदान गरेका थिए। साबिक रविओपी गाविस फुटेर बनेको धुलिखेल २ मा नौ सय ४९ महिला र ९ सय २८ पुरुष मतदाता थिए।

प्रकाशित : मंसिर १४, २०७६ २१:३५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×